बेलबारीका पत्रकार गिरीमाथि आक्रमण,२ जना पक्राऊ

बेलबारी । बेलबारीका पत्रकार दिनेश गिरीमाथि शनिबार बेलका ८.३० बजे घरमै बसिरहेका बेला आक्रमण भएको छ । मोरङको बेलबारीमा स्थानीय युवाहरुको एक समूहले गिरीको घरमै पुगेर शनिबार राति छुरा,रड तथा ढुंगाले टाउकोमा प्रहार गरेका कारण उनी घाईते भई बिराटनगरस्थित नोबलेल अस्पताल लगिएको र उपचारपछि उनी आईतबार बिहान घर फर्किएका छन ।

सोही घटनामा संलग्न भएको आरोपमा स्थानीय बिशाल थापा सहित २ जनालाई पक्राउ गरिएको छ भने अन्य ब्यत्तिहरु फरार रहेको ईलाकार प्रहरी कार्यलय बेलबारीले जानकारी दिएको छ । आक्रमणमा संलग्न अन्यको पनि खोजी भइरहेको समेत जनाईएको छ । प्रेस युनियन मोरङका कोषाध्यक्ष समेत रहेका गिरी बेलबारीबाट प्रकाशित डिजिटल पत्रिका निरन्तरखबर डटकमका सम्पादक रहेका छन । गिरीले घटनामा संलग्नहरुका बिरुद्ध ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता गर्ने जनाएका छन ।

यसरी भयो आक्रमण ?

घाईते पत्रकार गिरीले आफुमाथि ज्यान मार्ने नियतका साथ आक्रमण भएको बताएका छन । बेलुकाको खाना खाएर टेलिभिजन हेर्दै बसेका गिरीमाथि राति छिमेकी दाईले बोलाएको छ भन्दै छिमेकीको नाम लिएर बाहिर बोलाईएपछि बाहिर निस्किने क्रममा आफुमाथी प्रहार भएको उनले बताएका छन ।

उनी ढोका निस्किनासाथ मुखमा पट्टी बाँधेका एक युवाले उनीमाथी छुरा प्रहार गरे । उनले छुरा तर्काएपछि उनीमाथी रड प्रहार भयो । रडले टाउकोमा लागेपछि उनीमाथी फेरी अर्का युवाले ढुंगा बर्साए । संयोगबश ढुंगा ढोकामा लाग्यो । तर उनी टाउकोमा भएका प्रहारबाट भुइँमा ढले । यति गर्दा परिवारले थाहा पाएपछि हल्लाखल्ला गर्दा युवाहरु भागेका थिए ।

घटनालगत्तै थापा र अन्य उनका एक सहयोगीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ । गिरी आईतबार बिहान उपचारपछि घर फर्किएका छन । थापा सँग राम्रै सम्बन्ध भएका गिरीलाई शनिबार दिउँसो पनि थापा र उनका सहयोगीहरुले धम्की दिएका थिए ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

खलासी दाई ! के सडक तिम्रो बाऊको बिर्ता हो ?

गरिब,जेहेन्दार र दलित बिद्यार्थीलाई समाजसेवी राईको सहयोग

काम गरेर देखाउने ईप्रका बेलबारी प्रमुख राईको दाबी

धनपालगढीमा राति अनौठो चिज बलेपछि हेर्नेको भिड

बेलबारीका पत्रकार गिरीमाथि आक्रमण,२ जना पक्राऊ

बजेट सम्बन्धमा विराटनगरका उद्योगी ब्यबसायीको यस्ताे प्रतिक्रिया

गणतन्त्र दिवसको शुभकामना मात्र दिने की जनतालाई महशुस पनि गराऊने ?

किन ईटहरीमा आएका सबै डिएसपी बिवादमा मुछिन्छन ?

वन कार्यालयको दादागिरी, उपभोत्तालाई झुक्याएर वन फडानी

थामिएनन् स्व.गोमाका बृद्ध बाबुआमाको आँशु

तपाईको प्रतिक्रिया