बुद्धचित्त गेडासहित पक्राउ

भक्तपुर / बुद्धचित्तको गेडा २४० वटासहित प्रहरीले आज भक्तपुर घलाते बस्ने २६ वर्षीय रोशन तामाङलाई पक्राउ गरेको छ । तामाङ सवार वा.८५प. ३१५० नंको स्कुटरलाई प्रहरीले सूर्यविनायक नगरपालिका–५ सुवर्ण चोकमा चेकजाँच गर्दा उक्त परिणामको गेडासहित उनलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

त्यसैगरी कोटेश्वर र काँडाघारी प्रभागका १४१ प्रहरीको एकै साथ सरुवा गरिएको छ । बालुवा तस्करीसँग मिलेमतो गर्दै पैसा असुली गरेको पाइएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले दुवै प्रभागका सबै प्रहरीलाई सरुवा गरिएको हो । गत शनिबार बालुवा व्यापारीबाट रकम लिँदै गर्दा सात प्रहरीलाई अख्तियारले पक्राउ गरेपछि त्यहाँका सबै प्रहरी सरुवा गरिएको परिसरले जानकारी दिएको छ ।

बालुवा व्यापारीसँग पैसा लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले भक्तपुरको मध्यपुर थिमि–२ स्थित सानो थिमि प्रभागका प्रहरी इञ्चार्ज र हबल्दार गरी दुई जनालाई पक्राउ गरेपछि यहाँका १९ जना प्रहरीलाई पनि सरुवा गरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया