बीरगन्जमा ८ वर्षिय बालकको अपहरण गरि हत्या , ३ जना पक्राउ

बीरगन्ज / बीरगन्जबाट ८ वर्षिय बालकको अपहरण गरि हत्या गरेको आरोपमा प्रहरीले तिन जनालाई नियंत्रणमा लिइएको छ । वीरगन्ज महानगर ३ छपकैयाबाट गत शुक्रबार स्थानीय शम्भु साहको ८ वर्षीय छोरा करणको अपहरण गरि हत्या गरेको आरोपमा प्रहरीले मंगलबार साझ बारा, कलैया उपमहानगर ११ का २१ वर्षीय रामदिनेश महतो , भारतिय नागरिक विकास शर्मा र बारा कलैयाका सिकेन्द्र साहलाई पक्राउ गरेको हो । शर्मा र साहलाई प्रहरीले गोली हानी नियंत्रणमा लिइएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले पत्रकार सम्मेलनगरि जानकारी गराए । दुबैको दाहिने खुट्टामा गोली लागि नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

गत शुक्रबार बिहान १० बजे घरबाटै अपहरणमा परेको बालकको मंगलवार कलैया उपमहानगर २५ मा गाडिएको अवस्थामा शव फेला परेको ढकालले बताए । पक्राउ परेका आरोपितहरुले बताएको ठाउमा गाडिएको अवस्थामा बालकको शव फेला परेको एसपी ढकालले बताए । अपहरण भएको भोली पल्टै संल्गनहरुको पहिचान भएपनि बालकको हत्या भएकोमा प्रहरीको तदारुकता माथी प्रश्न उठिरहेको छ । पक्राउ परेकाहरुले बालकका अभिभावकलाई फोनबाट फिरौतिको मांग गर्ने र बार्गेनि¬ गर्ने गतिविधी प्रहरीलाई जानकारी हुदा हुदैपनि बालकको हत्या हुनु प्रहरी जिम्मेवार नभएको पुष्टी भएको परिजनले आरोप लगाएका छन् ।

पर्सा प्रहरीले भने आफु सकृय भएर लागेको दाबी गरिरहेको छ । व्यक्तिगत रिसइबीका कारण बालकको अपहरण गरि हत्या भएको अनुसंधानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतिय नागरिक शर्मा मृतक बालकको घर नजिकै डेरा लिएर बस्दै गरेको र घटनाको मुख्य योजनाकार शर्मा नै भएको प्रहरीले जनाएको छ । अपहरण र हत्याको कारण लगायतका विषयमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…