बिद्युत अबरुद्ध हुँदा छथर क्षेत्र अन्धकार

तेह्रथुम । आईतबार परेको पानी सँगै आएको हावाहुरीका कारण बिद्युत अबरुद्ध हुँदा जिल्लाको छथर क्षेत्र अन्धकारमय बनेको छ ।पानी सँगै आएको हावाहुरीले बिजुलीको पोलहरु ढल्दा जिल्लाको पश्चिमी क्षेत्र अन्धकारमय बनेको हो । बिद्युत अबरुद्ध सँगै यस क्षेत्रमा सञ्चालनमा रहेका फर्निचर,कष्ठ उद्योग,खाद्यन्य मिलहरु ल्गायतका बिद्युतीय उपकरणहरु सञ्चालनमा समस्या रहेको छथर गाउँपालिका २ का डम्बर भट्टराईले बताए ।

बिद्युत अबरुद्धका कारण दैनिक यहाँका स्थानीयबासीहरुले लाखौ बराबरको क्षती बेहोर्दै आउनु परेको छ । बिद्युत सुचारु गर्न तिब्र रुपमा काम भई रहेको सुक्रबारे फ्युजसेवाले जनाएको छ । बिद्युत अबरुद्धले सञ्चार माध्यमहरुको प्रयोगमा समस्या हुँदै आएको छ । जिल्लाको छथर क्षेत्र तत्कालिन रुपमा रहेको आङदिम,हमरजुङ,पञ्चकन्या,फाक्चामारा,ओख्रे र सुदाप गाबिसका स्थानीयबासीहरु अहिले अन्धकारमा बस्न बाध्य बनेको छन ।

नजिकीन्दै गरेको एसईईका बिद्यार्थीहरुलाई परिक्षाको तयारी गर्न बिद्युत अबरुद्ध हुँदा समस्या भएको बिद्यार्थीहरुले बताउने गरेको छन । बिद्युत अबरुद्ध भए सँगै तत्कालिन समस्या समाधानका निम्ती सुक्रबारे बजारमा रहेका जेनेरेटरहरुमा स्थानीयहरुले मोबाईल चार्च गर्नेहरुको भिड लाग्ने गरेको छ ।

बैकल्पिक उर्जाको अभाबका रहेको यहाँका स्थानीयहरु बर्षाै देखी नियमित रुपमा बिद्युत उपभोगमा समस्याले जेलिदै आएको छ । बिद्युत नहुँदा ३ दिन देखी यस क्षेत्रका स्थानीयहरु अन्धकारमा रहँदै आएका छन ।

तपाईको प्रतिक्रिया