बिजयपुरलार्इ नमुना बस्ती बनाउन सरसफाइ अभियान

धरान /‘सक्छौ सफा गर, नसके फोहोर नगरौै’ यो नारालाई आत्मसात गर्दै विजयपुरबासी अहिले विजयपुरलाई नमूना बस्ती बनाउने अभियानमा जुटेका छन् ।स्थानीय सरकारको रुपमा रहेको धरान उपमहानगरपालिकासंग सहकार्य गरेर नमूना टोल विकास तथा सुधार समिति गठन गरेर अहिले विजयपुरमा रहेका ऐतिहासिक मठमन्दिरको प्रचारप्रसारसंगै स्वच्छ विजयपुर बनाउन कम्मर कसेर लागेका हुन् ।

धार्मिक पर्यटन क्षेत्र बनाउने उपमहानगरपालिकाको योजनालाई आत्मसात गर्दै उनीहरु अहिले स्वच्छ हराबरा विजयपुर बनाउन जुटेका हुन् । पछिल्लो समय  आन्तरिक तथा वाह्य पर्यटक मठमन्दिरमा पूजा आजा गर्न मात्र हैन टाढाटाढादेखि बनभोज खाना समेत आउनेको संख्यामा वृद्धि भएसँगै मन्दिर आसपासमा फोहोर हुन थालेको छ । उनीहरुले हप्तामा एक पटक विजयपुरमा सरसफाई अभियान नै थालेका छन् । यसका लागि उनीहरुले एउटा स्लोगन नै बनाएर टोलटोलबासीलाई सुनाउने समेत गर्दछन् ।

यतिमात्र हैन विजयपुर इतिहासलाई जीवन्तता दिन तथा विश्वसामू चिनाउन सूचना केन्द्र नै सञ्चालनमा ल्याउन लागेका धरान वडा नंं १४ विजयपुरका वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई बताउनुहुन्छ ।पर्यटकलाई आकर्षित गर्न सरसफाईका साथै विजयपुमा रहेका जीर्ण सडक मर्ममा समेत जुटेकोे उहाले बताउनुभयो ।

विजयपुरलाई नमूना क्षेत्र बनाउनकै लागि नमूना टोल विकास सुधार समिति गठन गरिएको समितिका अध्यक्ष शम्भुप्रसाद खनालले बताउनुभयो । यो समितिको मुख्य उद्देश्य नै विजयपुरलाई पर्यटकीय स्थलको रुपमा परिचत गराउने रहेको उहाले बताउनभयो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धनकुटाको नाम्जेमा ३ दिने खोजमूलक तथा जवाफदेहिता पत्रकारिता तालिम शुरु

धनकुटे रोड स्थित एक महिना अगाडि मात्रै उद्घाटन गरेकाे पुल भत्किने अवस्थामा, लापारबाही गर्ने ठेकेदार कम्पनीलाई कारबाहीकाे माग

बराहज्वेलरीको २४औं बार्षिकोत्सवको अवसरमा सेवा विस्तार गर्ने यस्ताे याेजना

जोगबनीमा भारतीय नेतामाथि गोली प्रहार (तस्विरहरू सहित)

गणतन्त्र दिवसका अवसरमा एकताको भाव झल्काउन फुटबल प्रतियोगिता

गर्मीका कारण बीपी प्रतिष्ठानमा बिरामीको संख्या बृद्धि

धरान तथा भेडेटारमा फस्टाउँदै यौन-व्यवसाय

धरानमा लागूअाैषध काराेबारी बढ्दै

बन्द अवस्थामा रहेको पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टर चाडै सञ्चालनमा आउने

उदयपुरमा मापसे गर्ने १० जनाको लाइसेन्समा प्वाल

तपाईको प्रतिक्रिया