धरानमा बाँदर आतंक, हैरान बन्दै नगरबासी

धरान / बादर आतंकका कारण धरनेहरुले अहिले हैरानी व्यहोर्नु पर्ने अवस्था सिर्जना भएको छ । हुलका हुल बादर बजार क्षेत्रमा प्रवेश गरेर भान्सामा भएका खाना खाइदिने, होटल व्यवसायीले बनाएको खाना तथा नास्ता लिएर भाग्ने, छरिदिने, फलफूल तथा सागब्जी व्यापारीहरुको सामान चोरेर खाइदिनेमात्र हैन जथाभावि बजार छिरेका यस्ता बादरले पसलमा राखेका सामाग्रीहरु समेत च्यातिदिने, झारिदिने लगायतका उच्छृंखल काम गरेर क्षति पु¥याउने गरेका कारण पनि धरानेहरुलै हैरानी व्यहोर्नु परेको हो ।

बादर व्यवस्थापनका लागि २०७० सालमा धरान ३ निवासी सकुल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय बादर पीडित संघर्ष समिति गठन गरेर बादर व्यवस्थापननका लागि स्थानीय निकाय मानिएको धरान उपमहानगरपालिका, जिल्ला वन कार्यालय सुनसरी, इलाका प्रशासन कार्यालय, अञ्चल प्रशासन कार्यालय लगायत तीन मन्त्रालयमा ज्ञापनपत्र समेत बुर्झाए । तर पनि समस्या समाधानमा कुनै निकाय गम्भीर नबन्दा समस्या अझ विकराल बनेर गएको बादर पीडित संघर्ष समितिका संयोजक सकुल श्रेष्ठ बताउनुहुन्छ ।

पाच बर्षदेखि बादर व्यवस्थापनका लागि आन्दोलनमा उत्रदै आएको यो समितिको अनुरोधलाई स्थानीय निकायका निर्वाचन हुनुभन्दा अगाडि धरानमा कार्यकारि अधिकृतको रुपमा आउनु भएका विष्णु कोइरालाले केही पहल गरे पनि त्यसले पूर्णता पाउन नसकेको संघर्ष समितिका संंयोजक श्रेष्ठको भनाई छ ।
विगतमा बादरले मुख्य गरेर धरान १४ विजयपुर, धरान १ रेडक्रस लाइन, धरान २ पुरानो बजार, धरान ३ माछाभौडीमा दुख दिने गरे पनि अहिले भने बादरको संख्यामा वृद्धि हुदै गएको र विस्तारै धरानको मुटु मानिएको भानुचौके बीच बजार महेन्द्र पथ, धरान १२ चतरालाइन लगायतका बजार क्षेत्रमामा समेत प्रवेश गरेर दुःख दिन थालेका छन् ।

केही समय अगाडि तत्कालीन कार्यकारी अधिकृत कोइरालाले बादर व्यवस्थापनका लागि कोशी टप्पु वन्य जन्तु आरक्षणबाट आएका वनजन्तुमा काम गर्ने केही कामदार आएर फक्डने काम गरे पनि धरान उपमहानगरपालिकाले बजेट अभाव देखाएपनि समातिएको बादर समेत फेरि छोडिदिएपछि समस्या झन बढेर गएको संघर्षसमितिका संयोजक श्रेष्ठको भनाई छ । पाचबर्षदेखि लगातार व्यवस्थापन गर्न विभिन्न निकायमा अनुरोध गर्दा समेत सुनुवाई नभएपछि अब अन्तिक विकल्पको रुपमा प्रदेश सरकार रहेको र बादरको समस्या समाधानमा १ नं. प्रदेश सरकारलाई समेत अनुरोध गरिने संयोजक श्रेष्ठको भनाई छ ।

अहिले धरानमा ४ सयदेखि ५ सय बादर रहेको अनुमान धरानेहरुले गरेका छन् । बादरका कारण आफूहरुले धेरै हैरानी खेप्नु परेको स्थानीयहरुको समेत भनाई । उनीहरुले समेत बादर व्यवस्थापनका लागि पहल गरिदिन धरान उपमहानगरपालिकालाई आग्रह गरेका छन् । अहिले बादर धरानको बीचमा रहेको घण्टाघर वरिपरि समेत बादरले दुःख दिने गरेको त्यहाका स्थानीय राज राईको भनाई छ ।

बादर व्यवस्थापनका विषयमा स्थानीय सरकारको रुपमा मानिएको धरान उपमहानगरपालिकाले यो जगलसंग समबन्धित भएको भन्दै पन्छिने, वन कार्यालयले स्थानीय सरकारलाई देखाउदै पन्छिने गरेका कारण पीडितहरुले बादर आतंकका कारण राहतका सास फेकेका छेनन् । बादर आतककै कारण सर्वसाधारणले ढुक्कसंग बस्न सकेका छ्रैनन् । कतिखेर बादर पस्ने हो र सर्वनाश गरिदिने हो भन्ने त्रासमा दिन वित्ने गरेको छ । उनीहरु वादरकै कारण विस्थापित हुने अवस्था आउने भन्दै सम्बन्धि पक्षलाई समाधान गरदिन आग्रह गदै आइहेका छन् । चर सम्बन्धित पक्षले यसमा खासै ध्यान भने दिन सकेको छैन ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

जैविक विविधिता पार्क बनाउन जुटे धरानेहरु

असुरक्षासंगै लागू औषध ओसापसारका केन्द्रविन्दु, चोरी बढ्पछि पत्रङ्गबारीमा प्रहरी विट सञ्चालन

धरानको शक्तिपीठ दन्तकाली मन्दिरमा भक्तजनको भीड

मितेरी बैंककाे १३ औ बार्षिकोत्सवको अवसरमा अनाथ बालबालिालाई कपडा वितण

दशै नजिकिदै जादा धरानमा कालो बजारी बढ्यो

विकासको नाममा अवैध ढुंगा गिटी तथा बालुवा तस्करी

गोले तामाङहरूको प्रदेश भेला सम्पन्न

दशै बढेसंगै खसी बोकाको विक्री बढ्यो : कृषकले भाउ पाएनन् विचलियाको विगविगी

दशै, तिहार तथा छैठ पर्व शान्तिपूर्ण मनाउने अभियानमा जुटे श्यामचौकबासी

साहित्यिक यात्रामा नायिका सिम्खडा

तपाईको प्रतिक्रिया