बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

बाँके – बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भईरहेको छ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भईरहेको छ । उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताए । बाँकेमा १७७ जना सङ्क्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

बाँकेमा हालसम्म तीन हजार ४० जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३० जनाको मृत्यु भईसकेको छ भने दुई हजार ७१२ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल २९८ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

राससबाट थप

आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

चितुवाको आक्रमणबाट १८ वर्षीया किशोरीको मृत्यु

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

कोरोना सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत

सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्तिका लागि आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजा सुरू

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

विगतमा जस्तो छैन बडादशैंको रौनक

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

सोमबारदेखि श्रम स्वीकृति दिइने

आन्तरिक उडान बढ्ने : ९० प्रतिशत अकुपेन्सी

तपाईको प्रतिक्रिया