बसको ठक्करबाट १ जनाको मृत्यु

सुनसरी / सुनसरीको खनारमा बसकाे ठक्कर बाट एक जनाकाे मृत्यु भएकाे छ । ईटहरी उप-महानगरपालिका-१३ खनार सोमबारे स्थित धरान बिराटनगर सडक खण्डमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको हाे ।

साेमबार बिहान पौने ८ बजेको समयमा धरान बाट बिराटनगर तर्फ जादै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायातकाे बसले सोही स्थानकाे जुटमिलमा हेल्पर काम गर्दै आएका एक जना लाइ ठक्कर दिएकाे थियाे । बसकाे ठक्करबाट घाइते भएका मोरङको रतुवामाई नगरपालिका- ७ बस्ने बर्ष ३४ को मंगल सिहं दमाईलाई उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…