बन्ने भयो ६ करोड ४४ लाखमा सार्बजनिक शौचालय

 

बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकाका ७ वटा स्थानमा सार्बजनिक शौचालय निर्माण हुने भएका छन । सार्बजनिक शौचालयको सोमबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।

मोरङको क्षेत्र नम्बर ३ बाट निर्बाचित प्रतिनिधिसभाका सांसद भानुभत्त ढकाल,प्रदेशसभामा निर्बाचित सांसद राजकुमार ओझा,प्रदेशसभामा समानुपातिक तर्फबाट निर्बाचित सांसद लोकप्रसाद संग्रौला,सुन्दरहरैचाका मेयर शिवप्रसाद ढकाल,शौचालय निर्माण समितिका संयोजक भोलेश्वर दुलाल लगायतले सार्बजनिक शौचालयको शिलान्यास गरेका हुन ।

अनुमानित ६ करोड ४० लाखमा निर्माण हुन लागेको शौचालय नगरक्षेत्रभित्रका ७ वटा स्थानमा २ बर्षभित्रमा निर्माण सम्पन्न हुने उद्योग बाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष नवराज चापागाँईले जानकारी दिएका छन । उनका अनुसार नगरपािलकाले ३५ प्रतिशत स्थानीयबाट १५ प्रतिशत र उद्योग बाणिज्य संघ र ब्यापारीहरुबाट २५ प्रतिशत रकम संकलन गरिने छ । शौचालयका लागी उद्योग बाणिज्य संघको पहलमा नगरभित्र २ वटा ठाँउमा ७७ लाख ५० हजार र २१ लख रुपैयामा जग्गा समेत खरिद गरिसकिएको छ ।

बिराटचौकमा मुख्य शौचालयको सटर रहने,त्यसको दोस्रो तलामा सार्बजनिक पुस्तकालय निर्माण गरिने तयारीका साथ काम शुरु गरेको उनले बताए । सार्बजनिक शौचालय निर्माणका लागी गतबर्ष कोशीहरैचा एक्स्पो समेत सञ्चालन गरिएको थियो ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका प्रतिनिधिसभाका सांसद ढकालले यस क्षेत्रमा निर्माण हुने सार्बजनिक शौचालय देशमै नमुना हुने र राज्यका तर्फबाट सक्नेजति सहयोग गर्ने आश्वासन दिएका छन । उनले सार्बजनिक शौचालय निर्माणमा सहयोग गर्न सबै नगरबासीहरुलाई अपिल समेत गरेका छन ।
मोरङका धेरै नगरपालिकाहरुमा अझैपनि सार्बजनिक शौचालय निर्माण हुन सकेका छैनन । सार्बजनिक शौचालय भएका पनि नामै मात्रका रहेका छन । सार्बजनिक शौचालय अभावमा राजमार्ग आसपासका बजारका बासिन्दा मात्र होईन बजारमा किनमेल गर्न आउनेहरुको नजिकैको चारकोशे जंगल र खोलाका किनारामा नै दिशापिसाव गर्नुपर्ने बाध्यता रहेको छ ।

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

प्रहरी ईन्काउण्टर फेक की रियल ?

पुर्वमा तिजको लहर आयो बरि लै …..!

युवराजले लिए बेवारिसे नवजात शिशुको पालनपोषणको जिम्मा

कानुन तामाङलाई मात्र लाग्छ, प्रसाई र मार्सी चामल खाने लाई लाग्दैन ?

चिसाङमा पुल नबन्दा सास्ती, झोलुङगे पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता (तस्विर तथा भिडियाे सहित)

भर्जिन कथा र भर्जिन लोकेशनमा पुरानो बुलेट

पहाडमा पहिराे तरार्इमा बाढीले जनजीवन आक्रान्त

बिबाहमा हुने फजुल खर्च कटाएर नेत्रहिनलाई सहयोग

जिब्रोले निधार छुने अच्चमका युवाको फिल्म खेल्ने रहर

खोला जव सुस्ताउँछ, स्थानीयको भोक र निन्द्रा हराउँछ

तपाईको प्रतिक्रिया