बजार डुवानमा, पैनीको ड्रेन गाँउलेले भत्काए

लक्ष्मीमार्ग । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा स्थानीयले नाला थुनिदिएपछि पानी जम्दा शनिबार लाग्ने हटिया प्रभावित भएको छ । बिहान परेको बर्षाका कारण नालामा आएको पानी थुनिँदा सो पानी बजार क्षेत्रमा प्रबेश गरी हटियामा बिक्रिका लागी राखिएका सामानहरु भिजेर नष्ट भएका छन । ढल तथा पैनीको उचित ब्यबस्था नहुँदा र नालाको ब्यबस्थापन नहुँदा यो समस्या सिर्जना भएको स्थानीय बताउँछन । सो क्षेत्रमा अझै ढल तथा नालाको ब्यबस्थापन हुन सकेको छैन ।

उता मोरङको पथरीशनिश्चरे वडा नं. १ मा सिंगो गाँउ नै डुबानमा पर्ने खतरा बढेपछि सोही स्थानमा बनाईएको पैनीको ड्रेन गाँउलेले भत्काएर निकास निकालेका छन । बिकासको नाममा बिनास बढाएको र हचुवाको भरमा जनप्रतिनिधिहरुले काम गरेका कारण सिंगो बस्ती नै जोखिममा परेको भन्दै उनीहरुले ड्रेन भत्काएका हुन । सोही पैनीका कारण बस्तीमा पानी पसेपछि सिंगो बस्ती नै जलमग्न भएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया