बक्राहा पिडितहरु भन्छन् : बर्षात भएकोरात हामी जाग्रम बस्छाै ।

मोरङ / पानीपरेको रात मोरङको हसन्दह–अमदरदह र सुगाबजार क्षेत्रका सर्वसाधारण रातभर जग्रम बस्ने गरेकाछन् । वर्षात भएको रात बक्राहा खोला कतिखेर गाँउमै पस्ला र बगाउला भन्ने टुङगो नभएपछी रातभर जाग्रम बस्न बाध्य भएको स्थानीय बासी धिरेन्द्र कार्कीको भनाई छ ।उहाँले भन्नुभयो,‘ वर्षात भएको रात जाग्रम बस्ने गरेका छौ कतीखेर कता दर्गुनु पर्ने हो भनेर पोका पुन्तुरा कसेर भाग्न तयारी अवस्थामा हुन्छौ,।

 

गतवर्ष भएको वर्षतको कारण नजीकै रहेको बक्राहाले बाँध भत्काएर खोला हसन्दह र अमरदह, सुगाबजार गोविन्दपुरका विभिन्न क्षेत्रमा पसेर हजारौ बिघाहा जमिन बरमा परिणत गरेको थियो । लाखौ रुपैयाको धनजनको क्षेतीभएको थियो । यसपटक पनि बक्राहा खोलाले कटानगरेको क्षेत्रमा तबन्धन निर्माणमा ढिलासुस्ती भएको छ । तटबन्धन निर्माणकार्य ढिलासुस्ती भएका कारण मोरङको अमरदह–हसन्दहका सर्वसाधारण आन्दोलीत भएको स्थानीय प्रताप तामाङले बताउनु भयो ।उहाँले भन्नुभयो ,‘ जेठ भित्र तटबन्धन नबने कडा आन्दोलन गछौ,।

हसन्दह –अमरदह क्षेत्रमा बाढी पसेको एक वर्ष वित्दा समेत सरकारी निकायले तटबन्धन निर्माणको काम सम्पन्न गर्न नसकेको आरोप लगाउदै जिल्ला प्रशासन कार्यलय मोरङमा चाँडो भन्दा चाडो काम सम्पन्न गर्न ध्यान आकर्षण समेत गराई सकेका छन । ठेक्का लागेको ७ महिना भईसक्दा समेत कुनै काम नगरेको भन्दै छिाटो भन्दा छिाटो बक्राहा खोलाको बाँध बाध्न अनुरोध गरेको स्थानीय अगुवा देवेन्द्र बस्नेतले बताउनु भयो । ठेक्केदारले तटबन्धन निर्माणको काम ढिला सुस्ती गरेको स्थानीय नगेन्द्र कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो,‘ अहिले सम्म ठेक्केदारले तटबन्धन बाँध्ने कुनै काम गरेको छैन ।

 

जिल्ला प्रशासन कार्यलय मोरङले बक्राहाको तटबन्धन निर्माणगर्न सकेसम्म चाँडो तटबन्धन निर्माण गर्न पहलगर्ने बताएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले वर्खा भन्दा अगाबै काम सम्पन्न गर्नेगरी काम गर्ने सम्बन्धीत निकायमा कुरा गर्ने बताउनु भयो ।उहाँले भन्नुभयो‘, सो बाध निर्माण गर्न चाँडो भन्दा चाँडो प्रयास गर्ने छौ,।
तटबन्धन निमार्णको ठेक्का पाएको जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यलय विराटनगरले असार मासान्त सम्म काम सक्नेगरी ठेक्का लगाएको जनाएको छ । जलउत्पन्न प्रको नियन्त्रण कार्यलय विराटनगरका प्रमुख डा.देवनारायण साहाले बक्राहाको तटबन्धनको काम सकेसम्म चाँडै सक्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘ काम चाँडै सक्न ठेक्केदारलाई दबाव दिने छौ , ।

तपाईको प्रतिक्रिया

Loading…