फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुर / नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को १ न. प्रदेश प्रथम अधिवेशनबाट अर्जुन जम्नेलीको अध्यक्षमा २१ कार्यसमिति चयन भएका छन् । उदयपुरको राजाबासमा शुक्रबार सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनबाट जम्नेलीको अध्यक्षतामा प्रदेशीक कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । एतिहासिक प्रथम प्रदेश अधिवेशनबाट फोनिजको प्रदेश उपाध्यक्ष फिपराज बेघा र भूमिका सुब्बा चयन भएका हुन् भने महासचिवमा विदुर खवास चयन भएको हो । त्यसैगरी सचिवमा सन्देश सुब्बा र अप्सरा समाल मगर चयन भएका हुन् भने कोषध्यक्षमा सुशान राई चयन भएको हो ।

त्यसै गरी सदस्यहरुमा वीरबहादुर पापे, राजन साम्पाङ राई, प्रेम देवान, टंकलाल राई, भाष्कर चौधरी र महेन्द्र मादेन चयन भएका छन् । भने महिला सदस्हयहरुमा साहारा लिम्बु, मानवी तामाङ र विनादेवी तामाङ चयन भएका हुन् । त्यसैगरी अल्पसंख्यक सदस्यमा विजय धिमाल चयन भएको हो । त्यसैगरी सस्थागत सदस्यहरु नविन गुरुङ, प्रदिपकुमार चौधरी, चन्द्रकुमार राई र अतित योङहाङ चयन भएका हुने । भने लेखा समितिको संयोजकमा धनेन्द्र केरुङ, सदस्य खगेन्द्रकुमार राई र ज्ञानु केदेम चयन भएका हुन् । त्यसैगरी अनुशासन समितिको संयोजकमा किसानकुमार चौधरी, सदस्य जयराम पूर्वछाने मगर चयन भएका हुन् ।

शुक्रबार महाधिवेशनले १९ बुँदे उदयपुर घोषणा पत्र जारी गर्दै समापन भएको हो । घोषणापत्रमा प्रदेशको नाम किरात–लिम्बुवान–खम्बुवान हुनु पर्ने माग सहित फोनिजले उठाएका संचार नीति, श्रमजिवी पत्रकार ऐन तत्काल लागु हुनु पर्ने । समानुपातीक र समावेशी विज्ञापन नीतिको कार्यन्वयन गर्नु पर्ने, समुदायका भाषा, लिपि, सस्कृतिको सम्द्र्धन र प्रवद्र्धन गर्नु पर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

मिडियाहरुलाई समानुपातीक र समावेशी तरिकाले लोककल्याणकारी विज्ञापन वितरण गर्नु पर्ने, मातृभाषालाई सरकारी कामकाजको रुपमा मान्यता दिनु पर्ने, चाड पर्व, बहुभाषिक शिक्षा नीति लागु गर्नु पर्ने, उदयपुरको ऐतिहासिक, धार्मिक एवम् पर्यटकिय स्थलहरुको संरक्षण, सम्वर्दन र प्रवद्र्धन गर्नु पर्ने माग घोषाण पत्रका उल्ले गरीएको छ । तीन दिनसम्म चलेको महाधिवेशनमा प्रदेश नं. १ का १४ जिल्लाबाट १ सय २२ जना प्रतिनिधिको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गरेक थिए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा सर्पको टोकाईबाट ४ वर्षिय बालिकाको मृत्यु

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु

राजातन्त्र फर्किदैन् : नेता केसी

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

तपाईको प्रतिक्रिया

Loading…