फरक क्षमता भएकालाई गाउँपालिकाद्वारा भत्ता

भोजपुर / फरक क्षमता भएका सर्वसाधारणलाई अरुण गाउँपालिकाद्वारा भत्ता प्रदान गरिएको छ । गाउँपालिकाभित्रका १५० जनालाई स्थानीय सरकारले एक कार्यक्रमबीच प्रोत्साहनस्वरुप भत्ता प्रदान गरेको हो ।‘ग’ र ‘घ’ वर्गका ७५÷७५ जना गरी जम्मा १५० जना अपाङ्गता भएका व्यक्तिलाई प्रतिव्यक्ति वार्षिक रु छ हजारका दरले भत्ता प्रदान गरिएको स्थानीय सरकारका प्रमुख एवं गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । राज्यले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित रहेका यस्ता फरक क्षमताका सर्वसाधारणले पहिलोपटक गाउँपालिकाबाट भत्ता तथा सम्मान पाएपछि हर्षित भएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया