प्रहरी बिरूध बिद्यार्थीद्धारा मसाल जुलुस प्रदर्शन

उदयपुर / युवा संघ नेपाल र अनेरास्ववियु उदयपुरले आफना नेतालाई बिना कारण अमानविय तरिकाले प्रहरीले कुटपिट गरेकोमा संयुक्त रुपमा बिरोध जनाएका छन् । दुवै संगठनले प्रहरी प्रमुख नबराज भट्टले सुनियोजित रुपमा पक्राउ गरि कुटपिट गरेको भन्दै बिरोध जुलुस तथा साँझमा राँके प्रर्दशन गरि कोण सभा गरेको छ ।

युवा संघ उदयपुरका सदस्य ओम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर बिना कारण मरणसन्न हुने गरि सनिवार कुटपिट गरेको थियो । बरुवा खोलाको पुलमा नगर प्रहरी कार्यालयले शुक्रवार राती छड्के चेक जाँचको क्रममा रहेको प्रहरी आफैले मादक पदार्थ सेवन गरि मोटरसाईकलमा आउनेलाई अभद्र ब्यवहार गरेपछि प्रहरीले मादक पदार्थ सेवन गरि यसरी सर्बसाधारणलाई दुख दिन पाईदैने भन्दा प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर हिरासतमा राखि आफुलाई मरणसन्न हुने गरि एसपीको निर्देशनमा कुटपिट गरेको पिडित ओम श्रेष्ठले बताए ।

प्रहरी हिरासतमा भएको कुटपिटबाट आफनो टाउको शरीरको बिभिन्न भाग कम्मरमा गम्भिर चोट लागेको त्यसको जिल्ला अस्पताल गाईघाटमा उपचार गराई रहेको जिल्ला अस्पतालमा डा.ले बिराटनगरस्थित न्यूरो हस्पिटल र हाडजोर्नी बिशेषज्ञकोमा रेफर गरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष सरोज अधिकारीले बताए ।

पिडित श्रेष्ठले न्यायको पक्षमा आवाज उठाउदा गुन्डा गर्दिको शैलीमा प्रहरी आफै मादक पदार्थ सेवन गरि आफुलाई नियन्त्रणमा लिई मरणसन्न हुने गरी कुटपिट गरेको बताए । उनले सर्बसाधारणलाई मादक पदार्थ सेवन गरि सवारी चलाउदा कारबाही हुने तर प्रहरी आफै चेकमा खटिएका सबै प्रहरी मापसे गरि बस्दा कारबाही हुनुको सट्टा एसपीको निर्देशनमा आफुले कुटाई खानु परेको बताए ।

मादक पदार्थ सेवन गर्ने प्रहरी र कुटपिटमा संलग्न हुने प्रहरीलाई तत्काल सार्वजनिक गरि कारबारी हुनु पर्ने माग राख्दै युवा संघ नेपाल र अनेरास्ववियु उदयपुरले संयुक्त रुपमा प्रेस बिज्ञप्ती प्रकाशित गरि आन्दोलन गरि रहेको युवा संघ नेपालका अध्यक्ष मन्दिप राईले बताए । युवा विद्यार्थीहरुले घटनामा संलगन दोषि प्रहरीलाई सार्वजिक गरेर कारबाही तथा प्रहरी प्रमुख नबराज भट्ट नै घटनामा संलगन भएकाले उनलाई छानबिन गरि कारबाही हुनु पर्ने युवा विद्यार्थीहरुको माग रहेको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

जिल्ला अदालतमा ७५ प्रतिशत मुद्दा फछ्र्यौट

क्युपेक नेपालद्वारा तामाङलाई आर्थिक सहयोग

२२ दिनदेखि विजुली नबलेपछि गाउँलेद्वारा विद्युत प्राधिकरण घेराउ

उदयपुरमाा ठूलो परिमाणमा लागूऔषध सहित ८ जना पक्राउ

उदयपुरमा प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम शुरु

उदयपुरमा जनता आवासका घर पनि भत्किए

गाईघाटमा यौन धन्दामा संलग्न होटल संचालकसहित चार जना पक्राउ

चौदण्डीगढी नपामा पशु पंक्षी कार्यक्रमको ४ लाख रकम अनियमितता

उदयपुरमा ज्यूउँदोलाई मृतक बनाई जग्गा नामासरी

उदयपुरमा दुइै अवैध मेडिकल सञ्चालक पक्राउ

तपाईको प्रतिक्रिया

×