प्रदेश २ मा भाेलि सार्वजनिक बिदा

जनकपुरधाम / प्रदेश २ सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको रक्षाबन्धन पर्व परेकाले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षाेल्लासका साथ रक्षाबन्धन पर्व मनाउन सबैसँग अनुरोध गरेका छन् ।

यसअघि बकर इदको अवसरमा प्रदेश २ तथा प्रदेश ५ सरकारले सार्वजनिक बिदा दिएका थिए । प्रदेश २ ले रक्षाबन्धनको अवसरमा बिदा दिने निर्णय गरे पनि अन्य प्रदेशले भने अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेका छैनन् । संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…