प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न सङ्घीय सरकारलाई पठाउने निर्णय

प्रदेश नं १ मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले मोरङको सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न स्थानीय तहको निर्णयसहित सङ्घीय सरकारलाई पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सेवा करारमा इञ्जिनीयर तथा सवइञ्जिनीयर छनोटका लागि प्रारम्भिक लिखित परीक्षा लिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्र्तगतका प्राइभेट फर्म आगामी पुस मसान्तसम्म नवीकरण गर्नुका साथै प्रदेश भित्रका सरकारी तथा सार्वजनिक जग्गाको विवरण तयार पार्न प्रदेश प्रमुख सचिवको नेतृत्वमा पाँच सदस्यीय समित गठन गर्ने निर्णय गरिएको छ । समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सदस्य सचिव रहनुहुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…