प्रदेश नं १ का सांसदहरुको स्वाब संकलन

माेरङ / प्रदेश नं १ सभाका संसादहरुले कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गराउन थालेका छन । प्रदेश सभा सचिवालयको आग्रहमा प्रदेश नं १ समाजिक बिकास मन्त्रालय मातहतका प्राबिधिकहरुबाट आज शुक्रबारदेखी प्रदेश सांसदहरुले कोरोना परीक्षण गराउन थ्रोट स्वाब संकलन गराउन थालेका हुन ।

शुक्रबार र शनिवार दुई दिन प्रदेश सभाका सभामुख, उपसभामुख , सबै सांसदहरु , कर्मचारी , सुरक्षाकर्मी , पत्रकार र चालकहरुको कोरोना परीक्षणकालागि स्वाब संकलन गरिने प्रदेश सभा सचिवालयका प्रबक्त्ता राजाराम दाहालले बताए ।

प्रबक्त्ता दाहालका अनुसार १४ जेठ दिउँसो २ बजेदेखी प्रदेश नं १ सभाको बजेट अधिबेशन आरम्भ हुनेछ । यसैले प्रदेश सभामा बैठकमा सहभागी हुने सांसद , सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी , व्यावस्थापन गर्ने कर्मचारी , सांसदका चालकहरु अनि संसदिय मामिलामा रिर्पोटिङ गर्ने पत्रकारहरुको कोरोना भाइरस संक्रमण भएनभएको परीक्षण गर्न स्वाब संकलन गर्न थालिएको हो ।

परीक्षणमा कोरोना संक्रमण पाइएमा सांसदहरुले बजेट अधिबेशनको बैठकमा सहभागी हुन पाउने छैनन । प्रदेश सभाले कोरोना संक्रमण हुन नदिन समाजिक दुरी बनाएर बजेट अधिबेशन सञ्चालन गर्ने व्यावस्था मिलाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…