पोखरीमा डुबेर एक जनाको मृत्यु

सुनसरी / सुनसरीको रामधुनी नगरपालिका-६ ईचोल बस्ने ४५ बर्षिय पदम बहादुर श्रेष्ठ घर नजिकै रहेको पोखरी मा डुबेर मृत अबस्थामा फेला परेका छन् ।

शुक्रबार अपरान्ह पौने ४ बजेको समयमा स्थानियबासीले घटनाबारे प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरीको टोली त्यस तर्फ लागेका थिए । घटनाबारे थप अनुसन्धान गरीरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…