पोखरीमा डुबेर इटहरीका श्रेष्ठको मृत्यु

इटहरी / सुनसरीको इटहरीमा पोखरीमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । उप-महानगरपालिका-१९ का ७३ बर्षीय शेर बहादुर श्रेष्ठको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हाे ।

शनिवार बिहान सवा ११ बजे आफ्नै पोखरीमा माछा मार्ने क्रममा श्रेष्ठ पोखरीमा डुबेर बेपत्ता भएका थिए । उनलाइ प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले राती साँढे ११ बजे मृत अबस्थामा उद्धार गरेको थियो ।

तपाईको प्रतिक्रिया