पुरानै बोर्डमा आश्रम सञ्चालन : २ जना मात्र अपाङग

बिराटचौक । मोरङको सुन्दरहरैचा १२ स्थित बिराटचौकमा सञ्चालित जीत अपाङग आश्रम अहिले दाताहरुकै भरमा सञ्चालन भईरहेको छ । दाताहरुले मासिक रुपमा संकलन गरिदिएको र बैँकमा जम्मा भएको रकमकै भरमा सो आश्रम सञ्चालन भईरहेको छ ।

यस क्षेत्रमा रहेको एक मात्र आश्रममा हाल २ जना अपाङगता भएका युवतीहरु मात्र रहेका छन । केही महिना अघिसम्म अरुपनि अपांगता भएका युवतीहरु रहेपनि उनीहरु आफनै घर फर्किएपछि हाल २ जना मात्र युवतीहरु रहेका छन । अपांगता भएका महिलाहरुका लागी मात्र आश्रय दिईने सो आश्रम सञ्चालक समितिका सचिब जीवन चाँपागाई बताउँछन ।

आश्रममा अपांगता भएकाहरुलाई खान,बस्न र निशुल्क शिक्षाको ब्यबस्था समेत आश्रमले नै गर्दै आएको छ । तरपनि कतिपय अभिभावकहरु अपांगता भएका मानिसहरु शिक्षा दिनुको साटो घरायसी काम लगाएर घरमै राख्ने भएका कारण पनि आश्रममा अपांगता भएकाहरु कम आउने गरेको चापागाँई बताउँछन । सो आश्रमका १ सय ५० जना आजीवन सदस्य रहेका छन ।

१४ लाख कुल पुँजीको ब्याजबाट सो आश्रमको खर्च धानिँदै आएको आश्रमकी कोषाध्यक्ष मैया श्रेष्ठ चापागाँई बताउँछिन । १० देखि १२ जनासम्म धान्न सक्ने आश्रमको अबस्था भएपनि अपांगता भएकाहरु सो आश्रममा कमै देखिन्छन । आश्रमले स्थानीय निकाय परिबर्तन भएको एक बर्ष बितिसक्दा समेत आफनो बोर्ड समेत फेर्न सकेको छैन । स्थानीय निकाय परिबर्तन भई सुन्दरहरैचा नगरपालिका वडा नम्बर ११ भईसकेता पनि आश्रमको बोर्डमा अहिले पनि ईन्द्रपुर ४ नै लेखिएको छ ।

PURBELI TV

<

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

चिसाङमा पुल नबन्दा सास्ती, झोलुङगे पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता (तस्विर तथा भिडियाे सहित)

भर्जिन कथा र भर्जिन लोकेशनमा पुरानो बुलेट

पहाडमा पहिराे तरार्इमा बाढीले जनजीवन आक्रान्त

बिबाहमा हुने फजुल खर्च कटाएर नेत्रहिनलाई सहयोग

जिब्रोले निधार छुने अच्चमका युवाको फिल्म खेल्ने रहर

खोला जव सुस्ताउँछ, स्थानीयको भोक र निन्द्रा हराउँछ

एउटा पनि सार्बजनिक शौचालय नभएको खुल्ला दिशामुत्त नगर

खलासी दाई ! के सडक तिम्रो बाऊको बिर्ता हो ?

गरिब,जेहेन्दार र दलित बिद्यार्थीलाई समाजसेवी राईको सहयोग

काम गरेर देखाउने ईप्रका बेलबारी प्रमुख राईको दाबी

तपाईको प्रतिक्रिया