पाक शाला निर्माणार्थ श्रीमद भागवत् सप्ताह

धरान / धरान १ स्थित पुरानो वजारमा रहेको राधेश्याम मन्दिरको पाक शाला निर्माणार्थ श्रीमद भागवत् सप्ताह ज्ञान महायज्ञ वुधबारदेखि शुरु भएको छ । राधेश्याम महिला जागरण समुहले पाकशाला निर्माणको लागि सो महायज्ञ पुराणको आयोजना गरेको आयोजक समुहका अध्यक्ष कमला थापाले वताउनुभयो ।् महायज्ञको मन्दिर परिसरमा वुधबार समुद्घाटन गरिएको छ ।

समुद्घाटन श्री विभुषित जगतगुरु वालसन्त महाराज श्री बालसन्तको को प्रमुख आतिथ्यतामा भएको हो । जेठ २ गतेदेखि शुरु भएको महायज्ञ यही जेठ ९ गते सम्म सन्चालन हुने सप्ताह ज्ञान महायज्ञका संयोजक कोपिला भट्टराईले जानकार िदिनुभयो । ज्ञान महायज्ञमा नेपालकै पहिलो महिला पुराण वाचिका राधिका दाशीले संगीतमय श्रीमद् भागवत कथा प्रवचन रहेको छ । महायज्ञको माध्यमबाट स्वच्छिक दान तथा भेटीद्धारा मन्दिर परिसरमा पाकशाला निर्माण गरिने उद्धेश्य भएकाले भतmजनहरुमा सहभागि भएर पुण्य कमाउनु हुन समेत मन्दिर आयोजक समितीले आग्रह गरेको छ ।

महायज्ञको उद्घाटनमा विभिन्न सामाजिक संघ सस्था , राजनीतिक पार्टी , वुद्धिजीवि लगायत धरान उपमहानगरभित्रका महिलाहरुको उपस्थितीमा भएको थियो । समुद्घाटन पश्चात दिउँसो कलश शोभा यात्रा गरि नगर परिक्रमा गराइएको थियो । धरान१ स्थित पुरानो वजारमा रहेको सो मन्दिर महिलाहरुद्धारा सन्चालित मन्दिर हो ।

Purbeli TV

तपाईको प्रतिक्रिया