पाँचथरमा छुरा प्रहारबाट एक जनाको मृत्यु

पाँचथर / पाँचथरमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएकाे छ । पाँचथरको याङवरक गाउँपालिका.-६ खाल्लेमा छुरा प्रहारबाट १ जनाको मृत्यु भएको हाे । आज बुधबार बिहान १० बजेको समयमा बर्ष ४० को अर्जुन माबो र सोही स्थान बस्ने वर्ष १९ को आईतराज योङहाङ बिच मादक पदार्थ सेवन गरी बादबिबाद हुदा अर्जुन माबोलाई आईतराज यिङहाङले पेटमा छुरा प्रहार गरेर हत्या गरी फरार भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले फरार रहेका आईतराजलाई याङवरक गाउँपालिका-६ धमिले भन्ने स्थानबाट प्रक्राउ गरेको छ र घटनाकाे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…