पाँचथरमा करेण्ट लागेर पाँचथरमा १ जनाको मृत्यु

पाँचथर / पाँचथरको फिदिममा आइतवार करेण्ट लागेर १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । करेण्ट लागेर सोही स्थानका ४४ बर्षीय को श्याम कुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । राईलाई राती साढे ११ बजेको समयमा शौच गर्नको लागि बिजुली बत्ती बाल्ने क्रममा एमसिबी छुदा अचानक करेण्ट लागेको थियो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया