पहिरो झरेर मेचीराजमार्ग अवरुद्ध (तस्विरहरू सहित)

पाँचथर / मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम—राँके सडकखण्ड अन्र्तगत फाल्गुनन्द ३ को पाङग्रेभीरमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहिबार बेलुका बाटै पहिरो झरेर सडक अवरुद्ध हुँदा अहिले पूर्वी पहाडि जिल्ला पाँचथर,ताप्लेजुङ र तेह्रथुम बाट जाने र इलाम,झापा बाट आउने सवारी साधानहरु रोकिएका छन् ।

ठूलो पहिरो झरेका कारण पन्छाउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनक तिम्सिनाले बताउनुभयो । अहिले स्काभेटर,नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानियको प्रयासमा पहिरो पन्छाइराखिएको उहाँले बताउनुभयो । यसअघि पनि पहिरो झरेर त्यस ठाउँमा अवरुद्ध भएको सडक स्काभेटर,र प्रहरीको सहयातमा एकतर्फी भएपनि सडक संचलनमा ल्याइएको थियो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…