परदेशमा पसिना चुहाएर बाँस्तोला दाजुभाईको स्वदेशमा समाजसेवा

मोरङ । समाजसेवा आफैमा चुनौतिपुर्ण काम हो । कतिपय मानिसहरु समाजसेवाको आवरणमा गलत काम समेत गरिरहेका हुन्छन । जो निस्वार्थ रुपमा समाजसेवा गरिरहेका हुन्छन,उनीहरुको उद्धेश्य नै नितान्त समाजको हित र असाहय र साहारा बिहिनहरुको सहारा बन्नु हो । परिवारको सुखसयल र मोजमस्ती भन्दा माथि उठेर सिंगो समाज र देशको लागी केही गरौँ भन्ने भावना बोकेर बिदेशमा पसिना चुहाएर कमाएको धन स्वदेशको लागी लगानी गरिरहेका समाजसेवी हुन मोरङ केराबारीका सरोज बाँस्तोला र उनका १४ जना दाजुभाई ।

 

लामो समयदेखि बैदेशिक रोजगारीका क्रममा कतारमा रहेका सरोज,उनका भाईहरु,पवन,नवराज,पुरन लगायत १४ जना बाँस्तोला दाजुभाई बर्षौदेखि बिदेशमा पसिना बगाएर आर्जन गरेको कमाई आफनो गाँउको बिकासमा खर्च गरिरहेका छन । गाँउमा आपतबिपत पर्दा सहयोग गर्नेदेखि,प्राकृतिक प्रकोपमा पिडित बनेकाहरुलाई समेत उनीहरुले सहयोग गरेका छन । क्लब,बिद्यालय, निर्माण लगायत सबै सामाजिक काममा अहिलेसम्म १० लाख बढी गाँउकै बिकासका लागी खर्चिएका उनीहरुको सहयोग उदाहरणीय बनेको छ ।

 

बि.स २०३१ सालमा खोटाङको नेर्पा ४ मा मातापिता स्व.रंगलाल र पुर्णमाया बाँस्तोलाको जेठो सन्तानका रुपमा जन्मिएका सरोजको कतार बसाई १४ बर्ष भईसकेको छ । सामान्य परिवारमा जन्मिएर,प्रमाणपत्र तह सम्म अध्यायन गरेर रोजगारीको शिलशिलामा कतार पुगेका उनले मोरङ सुनसरी सेवा समाज स्थापना गर्दै उनले त्यहीबाट समाजसेवा शुरु गरे । सन २०१० मा सो संस्थाका अध्यक्ष समेत बनेका उनले पछि दुईवटा संस्था मिलेर बनेको मोरङ सुनसरी प्रवासी सेवा समाजको सल्लाहकार बनेर सामाजिक कार्यमा क्रियाशिल बनिररहेका छन । सुनसरीको इटहरीमा प्रधान कार्यलय रहेको सो समाजले एम्बुलेन्स सञ्चालन गर्नुका साथै हरेक प्राकृतिक बिपत्तिमा पिडित बनेकाहरुलाई सहयोग समेत गरिरहेको छ ।

 

हाल खाडी मुुलुकका ५ वटा देशमा शाखा कार्यलय रहेको सो संस्था एउटा उदाहरणीय संस्थाका रुपमा समेत परिचित भईसकेको छ । मोरङको केराबारी गाँउपालिकामा पर्ने देबीझोडामा बाँस्तोला दाजुभाईको लगानी समाजसेवामा उदाहरणीय नै छ । देबीझोडा सहयोग समुह,नमुना बचत तथा ऋण सहकारी संस्था लि. लगायतका संस्थाहरु अहिलेपनि देबीझोडामा क्रियाशिल रहेका छन । कोही मानिस बिरामी पर्दा होस या प्राकृतिक बिपत्तिमा नै कोही किन परोस,उनीहरुको पहिलो नजर त्यही हुन्छ ।

 

बिदेशमा पसिना चुहाएर कमाएको सम्पत्ति मोजमस्तीमा भन्दा पनि उनीहरु समाजसेवालाई पहिलो प्राथमिकतामा राखेर खर्च गरिरहेका छन । कतारमा समेत बिभिन्न संस्थाहरुको नेतृत्व गर्दै आपतबिपतमा परेकाहरुको सहयोग गर्दै आएको उनीहरुको मनकारी दिलको प्रशंषा नगर्ने सायदै होलान । आफुले सकेजति सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर जारी रहने मोरङ सुनसरी प्रबासी सेवा समाजका सल्लाहकार समेत रहेका सरोज बाँस्तोला बताउँछन ।

तपाईको प्रतिक्रिया

Loading…