पथरीमा धनकुमार तामाङ सहित काँग्रेस प्रबेश

पथरी । नेकपा एमाले छोडेर काँग्रेसका प्रबेश गरेका जिल्ला सचिवालय सदस्य धनकुमार तामाङ सहित ३ सय ८ जनालाई प्रतिनिधि सभा मोरङ–३ का उम्मेद्वार सुनील शर्मा र प्रदेश सभा (क) का उम्मेद्वार सुयर्माराज राईले कांग्रेसमा स्वागत गरेका छन । उनीहरुलाई फुलमाला र अविर लगाएर मोरङको पथरी बजारमा आयोजित एक कार्यक्रममा पार्टी प्रबेश गराईएको हो ।

कांग्रेस प्रवेश गर्नेमा युवा संघ पथरीशनिश्चरेका मिलन राई, दिनेश राई, नेकपा माओवादी केन्द्रका सन्तोष सेरेङ संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य प्रेम सम्बाहाम्फे, युथ फोर्स बेलबारीका भूपेन्द्र अधिकारी लगायत छन । एमाले नेत्री राधा संग्रौला समेत काङग्रेसमा प्रबेस गरेकी छिन । सेरेङ स्थानिय चुनावमा माओबादी केन्द्रबाट वडा सदस्यका उमेद्धार समेत रहेका थिए भने संग्रौला मेयरको अकाङक्षी रहेपनी एमाले संग मिलेर उम्मेद्धार र्फिता लिएका थिए ।

तपाईको प्रतिक्रिया

×