पथरीको जेसीज सप्ताह सम्पन्न

पथरी / १८ बर्ष देखि ४० बर्षका उमेर सम्मका युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गरि समाज रुपान्तरणमा समाहित गराउने उद्देश्यले पथरी जेसिसले “हामि चम्किन्छौ जिम्मेवारिका साथ ” भन्ने मुल नाराका साथ जेसिस सप्ताह सम्पन्न गरेको छ । मङ्सिर ७ गते देखि शुरू भएको पथरी जेसिजको सप्ताह कार्यक्रम अन्तरगत बिधालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, मैत्री पुर्ण फुटबल प्रतियोगिता, वृक्षरोपण, स्लो रेस मोटरसाइकल, बिद्यार्थीलाई छात्रवृत्ति वितरण, गरिव तथा जेहेन्दार बिद्यार्थीलाई पोसाक बितरण, क्याम्पसमा डस्टबीन वितरण तथा मोटिभेसन कार्यक्रमका साथ विभिन्न कार्यक्रम सहित सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको हो ।

बुधबार पथरी बहुमुखी क्याम्पसमा भएको समापन कार्यक्रममा जेसीज नेपालका राष्ट्रिय उपाध्यक्ष अशोक शंकरले मोटिभेसनल स्पीच प्रस्तुत गरेका थिए । सो कार्यक्रममा जेसीजले पथरी बहुमुखी क्याम्पसलाई डस्टबीन वितरण गरेको थियो । उक्त डस्टबिन समाजसेवी पर्शुराम मिश्रले प्रायोजन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले जेसीेजबाट आम व्यक्तिहरुले धेरै कुरा सिक्नुपर्ने बताए । उहाले शासन व्यक्तिको नभै विधीको हुनुपर्ने जेसिजको मुल मन्त्रलाई सबैले आत्मासाथ गर्न जरुरी रहेको राईले बताउनु भयो ।

जेसिस सप्ताह मुल संयोजक दिपेस रिजालले सप्ताहव्यापि कार्यक्रममा साथ र सहयोग गर्ने सम्पुण जेसिस तथा सहयोगी ब्यात्ती र सस्था प्रति हार्दिक आभार प्रकट गनुै भयो । सप्ताह ब्यापी कार्यक्रमका सहभागीहरुलाई वर्ष २०१८ का पथरी जेसि अध्यक्ष टिकाबिक्रम चौहानले पुरस्कृत समेत गर्नु भएको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

तपाईको प्रतिक्रिया

Loading…