पथरीको जंगलमा भेटियो शव

विराटनगर / मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित हरियाली सामुदायिक वन क्षेत्र भित्र बिहीबार एक पुरुषको शव फेला परेको छ । पथरीशनिश्चरे–८ का ३१ वर्षीय विमल परियारको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

प्रहरीका अनुसार परियार गत मंगलबारदेखि परिवारबाट सम्पर्कविहीन बनेका थिए । डीएसपी श्रेष्ठका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा शव भेटिएको हो । मृतकको साथबाट एउटा मोबाइल र आफन्तको धनीपूर्जा फेला परेको छ । मृत्युको कारण खुलिनसकेको र शवलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…