पत्रकार महासंघ मोरङमा चौतारीका खनाल बिजयी

बिराटनगर । नेपाल पत्रकार महासंघ मोरङमा प्रेस चौतारीका सञ्जिब खनाल बिजयी भएका छन । खनालले ९८ मत प्राप्त गरी बिजयी भएका हुन ।
अध्यक्षका प्रत्यासी प्रेस युनियनका शंकर खरेलले ९२ मत प्राप्त गरेका छन । प्रेस संगठन सहित संयुत्त गठबन्धनबाट चुनाव लडेका खरेल बहुमत सदस्यहरु बिजयी हुँदा पराजित भएका छन ।

उपाध्यक्षमा गठबन्धनका मोहन भट्टराई ९७ मतका साथ बिजयी भएका छन । चौतारीका सन्तोष सिग्देल ९३ मतका साथ पराजित भए । महिला उपाध्यक्षमा तारा आचार्य बिजयी भएकी छिन । सचिबमा नेत्र अधिकारी ९६ मतका साथ बिजयी बन्दा हरि अधिकारी ९४ मतका साथ पराजित भएका छन । सहसचिबमा प्रशान्तजंग निरौला निर्बाचित भएका छन ।

समावेशी सहसचिबमा अनिल श्रेष्ठ बिजयी भएका छन । कोषाध्यक्षमा अभय राई बिजयी भएका छन । सदस्यहरुमा दिलीप अग्रवाल, विरेन्द्र साह, तेजन खड्का, राकेश कर्ण, एलीना दियाली, उषा सरदार, पदम सरदार बिजयी भएका छन ।

तपाईको प्रतिक्रिया