पत्थरीको शल्यक्रिया गर्दा आन्द्रा काटियो :- बिरामीको मृत्यु

काठमाडौँ / पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो । उनको गत शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि स्वास्थ्यमा सुधार आउनुको सट्टा झन्झन् जटिल बन्दै गए पछि शल्यक्रिया गरेको दुई दिन अर्थात गएको आईतबार सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर मृत्यु भएको बिरामीका आफन्तहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…