पढाई सकियो : रोजगारी पाइएन भन्दै तालाबन्दी


धरान / कुनै पनि विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले राम्रो काम गर्ने र आफ्नो सुनौलो भविष्य कसरी निर्माण गर्ने भन्ने विषयमा सोचेका हुन्छन् । यो सपना एमविएस विषयमा अध्ययन गर्ने होस् वा मानविकी, म्यानेजमेन्ट अथवा शिक्षा संकायका विद्यार्थी हुन् उनीहरुको पहिलो उद्देश्य नै राम्रो र धेरै कमाइ हुने ठाउमा जागिर खाने नै हो । तर केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण विज्ञानमा अध्ययन सकेका विद्यार्थीहरु बेरोजगार बस्नुपर्ने बाध्यता छ ।

यसको प्रमुख कारण हो यो विषयलाई कुन निकाय अन्तर्गत राख्ने भन्ने सरकारी अन्यौलतासंगै अध्ययन गरिसकेका विद्यार्थीका लागि लोकसेवा नखुल्दा पढाइको सदुपयोग गर्न पाएका छैनन् । यसैको कुण्ठा पोषण तथा आहार विज्ञान (न्युट्रिसन) को चार बर्षे डिप्लोमा कोर्ष सकेर बसेका विद्यार्थीहरुले आफूले अध्ययन गरेका केन्द्रीय प्रविधि क्याम्पसमा नै गएर पोखे ।

उनीहरुले जुन उद्देश्यका साथ अध्ययन गरेको त्यो अनुरुप नभएको भन्दै क्याम्पस अगाडि नाराबाजी गर्नुृका साथै एक घण्टा तालाबन्दी गरे । समस्याको समाधान चाडो गरिदिन भन्दै उनीहरुले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र समेत बुझाए ।

राष्ट्रिय योजनाको प्राथमिकताको सूचिमा परी त्रिभुवन विश्व विद्यालय विज्ञान प्रविधि संस्थान अन्तर्गत नेपालमै पहिला े पटक केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा ०६६÷०६७ देखि पोषण तथा आहार विज्ञानमा स्नातक तहको अध्ययन अध्यापन भइरहेको छ । यहा अध्यन गरेका विद्याथीहरुको अध्ययन सकेपछि नपालका ठूला अस्पताल, जिल्ला जनस्वास्थ्य तथा तारे होटल लगायत विभिन्न संस्थाहरुमा काम पाउने र बेरोजगार बस्नु नपर्ने भनिए पनि अहिले पोषण विज्ञानलाई केमा समावेश गर्ने भन्ने विषयमा अन्यौलतासंगै लोकसेवा नखुल्दा वेरोजगार हुनुपरेको पोषण तथा आहार विज्ञानका विद्यार्थी एवम् संघष समितिका संयोजक चन्द्रमणि पौडेलले बताउनुभयो ।

०६६ सालदेखि शुरु भएको यो विषयमा हालसम्म ५ वटा व्याचले अध्ययन गरिसकेको र अहिले पनि निरन्तता रहेको बताउदै विगतमा २४ जना विद्यार्थी भर्ना लिदै आएकोमा दुई बर्ष अगाडिदेखि यसको संख्या ३० बनाउदै सरकारले अझ वेरोजगारीका संख्या बढाएको संयोजक पौडेलेको आरोप छ ।

नेपालमा पोषण विज्ञका आवश्यकता अत्याधिक भए पनि सरकारले त्यस्ता ठाउमा उपयोग गर्न नसकेका उनीहरुको गुनासो छ । उनीहरुले नेपालमा ५ बर्ष मुनिका बालबालिकामा ३६ प्रतिशतमा पुड्कोपन, १० प्रतिशतमा ख्याउटेपन, २७ प्रतिशत कम तौल र ५३ प्रतिशतमा रक्त अल्पता छ । उनीहरुले यो समस्यालाई न्यूनिकरण गर्नका लागि नेपाल सरकारको विभिन्न पोषण कार्यक्रम वहुउद्देश्यीय पोषण योजना, मातृशिशु तथा बाल्यकालिन पोषण, किशोरी पोषण लगायतका कार्यक्रम भएपनि यी कार्यक्रमहरुमा पोषण दक्षको उपस्थिति विना हचुवाको भरमा कार्यक्रम सञ्चालन गरेको आरोप लगाउदै यस्ता कार्यक्रममा पोषण दक्ष जनशक्ति राख्न समेत सरकारलाई माग गरेका छन् ।

उनीहरुले हाल यस क्याम्पसमा स्नातक तहसम्ममात्र अध्ययन गराइने भएकोले भविष्यमा एमएसी न्युटे«सन एण्ड डाइटेटिक्स कोष चालु आर्थिक बर्षदेखि सञ्चालन गर्नुपर्ने, हालसम्म कुनै पनि काउन्सिलमा यो विषय दर्ता नभएकोले एनएचपिसी वा उपयुक्त विकल्पको खोजी गरी यो विषयलाई समावेश गर्नुपर्ने, लोकसेवा आयोगमा दरबन्दी सिर्जना गर्नुपर्ने लगायतका ६ बुदे माग क्याम्पस प्रशासन समक्ष राखेका छन् । उनीहरुले आफूहरुको मागमा क्याम्पस प्रशासन गम्भीर नभए आगामी दिनमा अझ सशक्त आन्दोलनमा उत्रन चेतावनी समेत दिएका छन् । पोषण तथा आहार विज्ञानको स्नातक तहको चार बर्षे कोर्ष अध्यन गरिसक्दा ४ लाखभन्दा बढी लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading…