नौ वर्षदेखि नदीको पानी पिउन बाध्य ढेबुवाघाटका बासिन्दा

ओखलढुङ्गा / ओखलढुङ्गा र सुनकोशी नदी किनारमा रहेको ढेबुवाघाटमा खानेपानीको चरम अभाव छ । नजिकै खोला बगिरहेको भए पनि गाउँमा पानीको अभाव बढ्दै गएको हो । ढेबुवाघाटका माझीले पिउँदै गरेको पानीको मुहान सुकेपछि खानेपानीकोे समस्या झन् बढ्दो छ । सुनकोशी गाउँपालिका–१ ढेबुवाघाटका माझी समुदायका स्थानीय वर्षौँदेखि नदीको दुषित पानी पिउन बाध्य छन् । उनीहरुले विगत नौ वर्षदेखि नदीको पानी खानेपानीका रुपमा प्रयोग गर्दै आएका हुन् । पानीको स्रोत नहुँदा वर्षामा सुनकोशीमा बाढी आउने भए पनि आफूहरुले नदीकै पानी पिउनुपरेको स्थानीय रहबहादुर माझीले बताउनुभयो ।

गत वर्ष सुनकोशी गाउँपालिकाले पम्पसेट निर्माण गरेर खानेपानीको सुविधा दिने प्रयास गरे पनि अन्य मुहान नभएको भन्दै सुनकोशी नदीकै पानी गाउँमा पु¥याइएको छ । ढेबुवाघाटमा सात घरपरिवारका करीब ६० जना बस्छन् । बालबलिका तथा वृद्धवृद्धालाई दुषित खानेपानीका कारणले लाग्ने रोगले अलि बढी सताउने गरेको छिमेकी गाउँ सिन्धुली रत्नवतीका शरण माझीले बताउनुभयो ।

यस्तै पानी नपरेपछि ओखलढुंगाको चम्पादेवी गाउँपालिका १ र २ मा पर्ने पलापुका किसानलाई वर्सेनी खडेरीले सताउँदै आएको छ । लामो समयसम्म पानी नपरेपछि यहाँका किसानलाई खडेरीले सताएको हो । यो वर्ष पनि समयमै पानी परेर समयमै मकै रोप्न पाए पनि खडेरीले किसानले लगाएको मकै सुकाउन थालेको छ ।

समयमै पानी परेका कारण विगतमा सुख्खा भएर बाँझै रहने बारी समेत यसवर्ष मकैका बेर्नाले ढकमक्क ढाकिएको थियो। कुनै समय पलापु क्षेत्रमा कपास खेती हुने गरेको भए पनि पछिल्लो समय बजारमा पाईने कपाडाका कारण खाडीको कपडा उत्पादनमा कमि भएसँगै कपास खेती नै गर्न छाडिएको छ । गाउँमै उत्पादित कपासबाट बनाइने खाडीका कपडाले बजार नपाएपछि यो खेती एकाएक विस्थापित भएको र सुख्खा सहने कपास खेती छाडेर किसानहरू निर्वाहमुखी खाद्य बालीतिर आकर्षित भएको चम्पादेवी २ का वडा अध्यक्ष विष्णु पुलामी मगरले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा कपास खेतीका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेर काम थालेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए ।

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

हाईड्रोपावरको डोजरमा आगजनी, नजिकै शंकास्पद वस्तु भेटियो

नौ वर्षदेखि नदीको पानी पिउन बाध्य ढेबुवाघाटका बासिन्दा

प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल

सवा ४ करोडको लागतमा नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

दर्ता विना संचालनमा सल्लेरीका मासु पसल

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

तपाईको प्रतिक्रिया

Loading…