नोबेलमा कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा सोमबार दिउँसो थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । झापाको गौरादह–१ घर भएका ५१ वर्षीय पुरुषको दिउँसो १ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उपचार थालिएको थियो ।

श्वासप्रश्वासमा समस्या भएकोभन्दै ती पुरुषलाई असोज ३ गते शनिबार उपचारका लागि नोबेल ल्याइएको हो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा मंगलबार रिपोर्ट पोजेटिभ आएर कोरोना पुष्टि भएपछि तत्काल अस्पतालकै आइसोलेसनमा भर्ना गरिएको दाहालले बताए । आइसोलेसनमै उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु भएको जानकारी उनले दिए । चिकित्सकलाई उद्रित गर्दै दाहालले दिएको जानकारी अनुसार मृतकमा मधुमेह, उच्च रक्तचाप र कलेजो सम्बन्धी पुरानै समस्या थियो ।

तपाईको प्रतिक्रिया