नेपालकै हाेची मालतीकाे बुबाको डुबेर मृत्यू

मोरंग / नेपालकै हाेची मालतीकाे बुबाको डुबेर मृत्यू भएकाे छ । मोरंगको सुन्दरहरैचा नगरपालिका वडा नं.४ स्थित नेपालकै होची युवती दाबी गरीएकाे १८ बर्षिया मालती मिरर (ऋषिदेव)काे बुबा रमेश ऋषिदेबको पानीमा डुबेर मृत्यू भएकाे हाे । हिजाे साँझ ६:०० बजे हरिनारायण चौधरीको खेतमा काम गर्दा गर्दै खेतमा लडेका उनको त्यही मृत्यु भएको बताइएको छ ।

लामो समयदेखि मीर्गी रोगबाट पीडित रमेश ऋषिदेब गछिया खोलाको गिट्टी कुटेर जिविका चलाउदै आएका सुन्दरहरैचाका रमेश मरर (ऋषिदेव) काे भृत्यू संगै मालतीकाे लालनपानमा थप समस्या अाएकाे छ । नेपालकै होची युवती दाबी गरीएकाे १८ बर्षिया मालती मिरर (ऋषिदेव) काे उचाई ३२ इन्च रहेकाे छ । तस्विर : सामाजिक संजाल

Purbeli TV

तपाईको प्रतिक्रिया