नरभक्षी आमा जसले गरिन इटहरीमा ६ बर्षीया छोरीको घाँटी थिचेर हत्या

इटहरी । सुनसरीको इटहरीमा एक आमाले ६ बर्षिया बालिकाको घाँटी थिचेर हत्या गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीले मंगलबार इटहरी १ माझी टोलबाट १७ बर्षीया उमा माझि लिम्बुलाई पक्राउ गरेपछि यस्तो खुलेको हो । गत असार २ गते कोठामा बेहोस अवस्थामा फेला परेकी ६ बर्षीया बालिका अपेक्षा लिम्बुलाई उपचारको लागि धरान लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

बालिकाको मृत्यु पश्चात सुक्ष्म अनुस्न्धान थालेको प्रहरीले हत्यामा संलग्न १७ बर्षीया उमा माझि लिम्बुलाई मंगलबार उनकै निवास इटहरी १ माझि टोलबाट पक्राउ गरेको हो । पक्राउ माझी मृत बालिकाको शौतेनी आमा रहेको प्रहरीले पुष्टी गरेको छ ।प्रहरी हिरासतमा रहेकी उमाले आवेगमा आएर आफुले बालिकाको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छिन । उमा बिरूद्ध थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया