नयाँ बर्षमा पर्याटकहरुको रौनक तिनजुरे मिल्के जलजले क्षेत्र

तेह्रथुम / नयाँ बर्षको अबसरमा तेह्रथुम संखुवासभा र ताप्लेजुङको संगम स्थल तिनजुरे मिल्के जलजले क्षेत्रमा नयाँ बर्षको अबसरमा पर्याटकहरुको रौनकता बढेको छ । गुराँसको राजधानीको रुपमा प्रख्यात रुपमा चिनिएको यस क्षेत्रमा नयाँ बर्षको अबसरमा पुर्बी नेपालको अधिकाँस जिल्लाका पर्याटकहरु पाकृतिक सुन्दरतामा रम्नका निम्ती भित्रीने गरेको स्थानीय प्रकाश श्रेष्ठले बताउनु भयो । पर्याटन बिकास सँगै यस क्षेत्रमा निमार्ण गरीएका बिभीन्न पर्याटकीय स्थानहरुमा नयाँ बर्षमा मात्र नभई दैनिक रुपमा पर्याटकहरुको आगमन तिब्र रुपमा भई रहेको यहाँका स्थानीयबासीहरुले बताउने गरेका छन । नेपालमा पाईने ३२ प्रजातीका गुराँसहरु मध्ये २८ प्रजातीका गुराँस पाईने यस क्षेत्र बिशेष गरी माघ देखी जेठ सम्म पर्याटकहरुको भिड हुने गरेको छ ।
मायालु जोडीहरु सँगै पारिवारिक रुपमा पर्याटकहरु यस क्षेत्रमा नयाँ बर्षमा भने छुट्टै रौनकता थपिने गरेको स्थानीयरुले बताउने गरेका छन । बिशेष त गुराँसको रक्ताम्य सुन्दरता सँगै यहाँका बिभीन्न पर्याटकिय स्थानहरुले पर्याटकहरुको मन तान्न सफल बन्दै गरेको छ । तिनजुरे मिल्के जलजले क्षेत्रको प्रबेशद्धार बसन्तपुर बजारमा निमार्ण गरीएको गुराँसको स्तभ सँगै आरआर गार्डेनमा प्राकृतिक रुपमा रहेका बिभीन्न जिबहरुको आकृतीहरुलाई निमार्ण गरीनुले पनि पार्यटकहरु दिनप्रतिदिन आर्कषणको रुपमा बन्दै गरेको छ ।

 

पुर्बी पहाडमा रहेको यस क्षेत्रलाई पर्याटन बिकास सँगै पर्याटकहरुको आकर्षणलाई मध्यनजर गर्दै यस क्षेत्रमा पर्याटन बिकासका लागी सरोकारवाला बर्गहरुले ध्यान दिने हो नेपाल कै पार्यटकिय क्षेत्र बनाउन सकिने स्थानीयबासीहरुले बताउने गरेका छन ।

तपाईको प्रतिक्रिया

Loading…