धरान स्थित हिरासत भवनलाई युके तथा हङकङबाट सहयोग

धरान / जन्मभूमि धरान भई हाल विदेशमा बस्दै आएका धरानेहरुले धरानका हरेक विकासमा सहयोग जुटाउन गरेका छन् । धरानमा निर्माण भएको घण्टाघर लगायत सडक, विजुली बत्ती लगायत धरानको अनेकौ विकास निर्माणमा सहयोगी बन्दै आएका उनीहरुले पछिल्लो समय इलाका प्रहरी कार्यालय धरानका हाताभित्र निर्माण हुदै गरेको अत्याधुनिक हिरासत निर्माणका लागि समेत सहयोग जुटाएका छन् ।

धरानमा जन्मेर युके बस्दै आएका धरान समाज युके र हङकङमा बस्दै आएका धरान हङमञ्च मञ्चले हिरासत भवन निर्माणका लागि शनिवार सहयोग गरेका हुन् । भवन परियारमै एक कार्यक्रमको आयोजना गरी धरान युके समाजले १० लाख र धरान हङकङ मञ्चले १ लाख गरी ११ लाख रुपैया हिरासत निर्माण समितिका संयोजक मिनकुमार सुब्बालाई हस्तान्तरण गरेका छन् । सो अवसरमा बोल्दै युकेमा बस्ने धरानेहरुबाट संकलन गरी हिरासत निर्माणका लागि रकम सहयोग गरेको धरान समाज युकेका अध्यक्ष सूर्यमान गुरुङले बताउनुभयो ।

उहाले भावुक बन्दै नेपालमै बस्न नेपाली भन्दा पनि विदेश बस्ने नेपालीहरुलाई आफ्नो माटोको बढी माया हुने प्रष्ट पार्नुभयो । उहाले युके बस्ने नेपालहरुमा ा नेपालका संस्कार संस्कृतिको जगेर्नाका लागि समाजले धेरै ठूलोे काम गरेको बताउनुभयो । विदेशमा बसेर पनि आफ्नो मातृभूमिको विकासमा सहयोग पु¥याएको प्रति यहा निर्माणमा जुटेकाहरुले प्रशंसा गर्न गरेका छन् । हिरासत भवन निर्माणका निर्माण समिति नै बनाएर लागि परेका समितिका संंयोजक मिनकुमार विश्वकर्माले धरनको विकासमा उहाहरुल गरेको सहयोगको जति प्रशंसा गरे पनि नपुग्ने बताउनुभयो । उहाले समाज र मञ्चले गरका सहयोगले हिरासत निर्माणमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

दुइतले सुविधा समपन्न बन्न लागेको सो भवनको हाल ८० प्रतिशत काम सकिएको जनाइएको छ । भवन निर्माणका लागि हालसम्म १ करोड ३ लाख ३१ ह्जार नगद र ४ लाख ६० लाख ९ सय ७२ बजारकोे सहयोग प्राप्त भएको निर्माण समितिकी कोषाध्यक्ष सुनिता केसीले जनकारी दिनुभयो । उहाका अनुसार हालसम्म भवन निर्माणका लागि १ करोड ९ हजार ४ सय खर्च भइसकेको र करिब ५ लाख रुपैया धरान स्थित मितेरी बैंकमा बैंक मौज्याद रहेको समेत उहाल जानकारी दिनु भएको थियो । भवन निर्माणका लागि अन्य संस्थाहरुले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए अनुरुप सहयोग आउने क्रम समेत जारी रहेको स्पष्ट पार्नुभयो ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

आफूले उत्पादन गरको फूलको बजार राम्राे भएपछि दंग कृषकहरु

माटोको दियो विक्री घट्यो : विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा

धरान स्थित हिरासत भवनलाई युके तथा हङकङबाट सहयोग

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

धरानमा लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवक हतियरसहित प्रक्राउ (तस्विरहरू सहित)

दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड

धरानको दन्तकाली पीठमा धुमधामका साथ फूलपाती भित्र्याइयाे (तस्विरहरू सहित)

बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने

धरानमा कैची प्रहार गर्ने एक युवक प्रक्राउ

धरानमा नाम मात्रैकाे अनुगमन : झिंगा भन्केकाे मासु खान बाध्य उपभाेक्ता

तपाईको प्रतिक्रिया

Loading…

Loading…