धरान प्रहरीद्वारा हराएको मोवाइल बरामद गरी मोवाइल धनीलाई फिर्ता

धरान / प्रविधिको विकाससंगै धरान प्रहरीले हराएको मोवाइल बरामद गरी मोवाइल धनीलाई फिर्ता गर्न थालेका छ । प्रहरीले ६ महिनाको अवधिमा १ सय ५ वटा मोवाइल बरामद गरी मोवाइल धनीलाई फिर्ता दिएको छ । प्रहरीले शनवारमात्र विभिन्न मोडलका ९ वटा मोवाइल बरामद गरी मोवाइल धनीलाई फिर्ता दिएको हो । मोवाइल चोरी भएको निवेदन इलाका प्रहरी कार्यालय धरानमा बढ्न थालेपछि प्रहरीले यसको नियन्त्रणका लागि सक्रियता बढाएसंगै यसरी धमाधम मोवाइल फेला पार्दै मोवाइल धनीलाई नै फिर्ता दिएको छ ।

यस अवधिमा प्रहरीले सात जना मोवाइल चोरीलाई प्रक्राउ गर्न सकिएको इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
फेला पारेका यस्ता मोवाइलहरु १० हजारदेखि १ लाख सम्म रहेका छन् । धरानमा मोवाइल चोरी बढेसंगै सर्वसाधारणले प्रहरीमा उजुरी गर्ने क्रम बढेसगै प्रहरीले सक्रियता बढाएको डिएसपी पौडेलले बताउनुभयो । उहाले यस अवधिमा १ सय ५ वटा मोवाइल फेला पारी मोवाइल धनीलाई नै फिर्ता दिएको बताउनुभयो ।

मोवाइल धनीहरुले समेत हराएको मोवाइल भेटाइन्छ भन्न विश्वास नभए पनि अन्तत प्रहरीको सक्रियताले मोवाइल भेटाएको भन्दै खुशी व्यक्त गरेका छन् । प्रविधिको विकाससंगै प्रहरीको सक्रियताले ६ महिना अगाडि हराएको सामसुङको मोवाइल भेटाएकोमा धरान १२ का अंकितमान श्रेष्ठले खुशी व्यक्त गर्दै प्रहरीलाई धन्यवाद समेत दिनुभयो ।

अंकितमात्र हैन हराएको मोवाइल पाउने अन्यले समेत प्रहरीलाई धन्यवाद दिएका छन् । मोवाइल चोर्नेले प्राय गरेर राखेको ठाउ, घरमा झ्याल ढोका खुल्लै पारेर सुतेको अवस्था तथा सडकमा हिडिरहेको समयमा मोटरसाइकलमा आएका अज्ञात समूहरुले व्यलेन्स सकियो भन्दै फोन गर्न माग्ने र मोवाइल लिएर भाग्ने गरेको पाइएकोले यसमातर्फ सतर्क रहन धरान प्रहरीले आग्रह समेत गरेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरान १४ बाल मैत्री वडा घोषणा

धरानका दुई वडा बालमैत्री घोषणा भएपनि सडक बालबालिकाको अवस्था उस्तै

वीपी प्रतिष्ठान भ्रष्टाचार प्रकरण : मन्त्रिपरिषदले गठन गर्याे छानविन समिति

धरानका अधिकांश व्यापारीले उपभाेक्ताकाे स्वास्थ्यमा खेलबार्ड गरेकाे खुलासा, भाटभाटेनीमा भेटियाे कुहिएको सागसब्जी र फलफूल

प्रदेश सरकार किसानको हितमा काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री राई

धरान १४ आजबाट पूर्ण खोप सुनिश्चितता घोषणा

धरान प्रहरीद्वारा हराएको मोवाइल बरामद गरी मोवाइल धनीलाई फिर्ता

खाजा भत्ता कटाएर धरानका प्रहरीद्वारा मृगौला पीडितलाई सहयोग

धरानमा आतंक मच्चाएको आरोपमा वडा अध्यक्षका छोरा प्रक्राउ

धनकुटा प्रहरीद्वारा विल्लव माओवादीका दुई कार्यकर्ता प्रक्राउ

तपाईको प्रतिक्रिया