धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरान / १३० औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर धरान उपमहानगरपालिकाले धरानमा रहेका मजदुरहरुको सूचिकृत गर्ने कार्यलाई थालनी गर्ने भएको छ । विगतमा मजदुर काम गर्ने र अहिले स्थानीय जनप्रतिनिसिध रहेका धर्म तामाङ र शमशेर बर्देवा संयोजक रहेको समिति निर्माण गरी कार्यविधि तयार पारिने धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताउनुभयो ।

उहाले यो समितिले मजदुरको अवस्था, पारिश्रमिक, सुरक्षा अवस्था, स्वास्थ्य लगायतका क्षेत्रलाई हेर्ने विश्वस्त दिलाउनुभयो । उहाले विगतमा राजनैतिक दलका संघ संगठनहरुले आयोजना गर्ने यस्ता कार्यक्रम यही उद्देश्य राखेर नै धरान उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको बताउनुभयो । धरानको भानुचौकमा रहेको लोकतान्त्रिक चौतरीमा आयोजना गरिएको कार्यक्रममा मजदुरहरुले आफ्नो समस्याका विषयमा खुलैर कुरा राखे ।

नेपाल पसल मजदुर संघ सुनसरीका अध्यक्ष इन्द्र सुवेदीले सरकारले तोकेको पारिश्रम र मजदुरको सुरक्षामा अब स्थानीय सरकारले ्ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अन्य वक्ताहरुले समेत धरान उपमहानगरपालिकाको यो कार्यको प्रशंसा गरेका थिए । जेहोस् यो कार्य थालनीसँगै यसले निरन्तता पाए धरान उपमहानगरपालिका मजदुरको हितमा काम गर्ने पहिलो नगरपालिका बन्ने छ हैन भने यस्ता कुराको पछाडि मजदुरहरु लाग्ने छैनन ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

फुस्रेको पूरानो साख फर्काउदै ‘बीपी पार्क’ ( १५ तस्विरहरू)

धरानमा जुवा खेलिरहेको ३ लाख नगदसहित ९ जना पक्राउ

१४ वर्षीया किशोरीलाई होटलको कोठामा बन्धक बनाएर ‘८ दिनसम्म वलात्कार’

धरानका बालबालिकाहरूले यसरी सम्झिए स्व. मेयर सुब्बालाई (तस्विरहरू सहित)

धरानमा मोटरसाइकल चोर पक्राउ

धरानमा सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई भारतीय प्रक्राउ

बुटवल तथा धरानमा एन्फा एकाडेमीमा प्रशिक्षण शुरु, नेपाल अधिराज्यभरिबाट ५२ जना छनौट

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

तपाईको प्रतिक्रिया

Loading…