धराने युवा लागुऔषधसहित पक्राउ

विराटनगर / विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–५ का २९ वर्षीय गणेशबहादुर तामाङ छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार भारतको जोगवनीबाट तिघ्रामा टेपले बाँधेर लागुऔषध ल्याउँदै गर्दा तामाङलाई सोमबार साँझ पक्राउ गरिएको हो ।

उनको साथबाट एभिल ४३, डाइजेल्याब ४३, लुपिजेसिक ४३ र फेनारगन ३ गरेर एक सय ३२ एम्पुल लागुऔषध बरामद भएको छ । तामाङ विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…