धरानमा लागू औषधसहित तीन जना पक्राउ

धरान / लागू औषधसहित तीन जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले आज २ ः३० बजे धरान ८ सभागृह रोडबाट मोटरसाइकलमा सवार एकजनालाई कालो झोलामा लुकाई राखेको ल्याइरहको अवस्थामा अन्य दुई जना पनि यसमा संलग्न पाइएपछि प्रक्राउ गरिएको हो ।

सभागृह रोडमा खटिएका प्रहरीले को २० प ४७४७ नम्बरको मोटरसाइकलमा झोला र शरीरमा लुकाइ ल्याउदै गरेको अवस्थामा शंका लागि चेकजाच गर्ने क्रममा धरान १४ का ४० बर्षीय कुमार बस्नेतलाई प्रक्राउ गरेको हो । प्रक्राउ परेका बस्नेतको साथबाट डाइलेक्स डिडी १ सय एमएलको १० बोतल, स्पामो प्रोक्सिभन प्लस ९० क्याप्सुल, नाइट्रोसन २५ ट्याब्लेट सहित नगद २८ हजार ६ सय ४० र २ थान मोवाइल प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

प्रक्राउ परेका बस्नेतको बयानका आधारमा धरान ७ का वसिम खान र बर्ष ३४ का राजेश भनिने नविन भण्डारी समेत यसमा संलग्न रहेको पाइएपछि उनीहरुलाई समेत प्रहरीले प्रक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताउनुभयो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा सुरू भयाे चित्रकला मेला ०७६

धरान पिण्डेश्वरमा श्राद्ध गर्नेहरुको भीड

सल्लेरी र शिखर सगरमाथा सुनचाँदी इण्डष्ट्रिजबाट ठगिएका बचतकर्ताहरुले गरे पत्रकार सम्मेलन, कांग्रेस नेतासमेतको मिलेमतोमा ठगी भएको आरोप

बराह बचत तथा ऋण सहकारी संस्थाको १० औ बार्षिक साधारणसभा सम्पन्न

धरानमा प्रदेश स्तरीय अण्डर १४ फुटबल प्रतियोगिता

धरानमा लागू औषधसहित तीन जना पक्राउ

फुस्रेको पूरानो साख फर्काउदै ‘बीपी पार्क’ ( १५ तस्विरहरू)

धरानमा जुवा खेलिरहेको ३ लाख नगदसहित ९ जना पक्राउ

१४ वर्षीया किशोरीलाई होटलको कोठामा बन्धक बनाएर ‘८ दिनसम्म वलात्कार’

धरानका बालबालिकाहरूले यसरी सम्झिए स्व. मेयर सुब्बालाई (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…