धरानमा लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवक हतियरसहित प्रक्राउ (तस्विरहरू सहित)

धरान / लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवकलाई धरान प्रहरीले हतियरसहित प्रक्राउ गरी सार्वजनिक गरेको छ । विगतदेखि नै डिलर राखी लागू औषध विक्री वितरण गर्दै आएको सुचनाका आधारमा प्रहरीले खोजतलासलाई तिब्रता दिएसंगै पश्चिम कुसाहा ४ हाल कोशी गाउ पालिका स्थायी घर भएका बर्ष २३ का निरजकुमार राउतलाई धरानबाट उनकै डेराबाट प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा समेत दुई पटक लागू औषध काण्डमा प्रक्राउ परिसकेका उनले धरान उपमहानगरपालिका वडा नं. १० विशालपथमा डेरा लिई त्यहीबाट लागू औषध विक्री वितरण गर्ने डिलर खोलेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । दुई दिनदेखि डिएसपीको कमाण्डमा खटिएका प्रहरीले असोज २६ गते प्रक्राउ गरी २७ गते सार्वजनिक गरेको डिएसपी न्यौपानले बताउनुभयो ।

प्रक्राउ परेका राउतबाट प्रहरीले पलामले बेरी काठको बीड लगाएको, नम्बर पेस्तोलको पहिचान नखुल्ने गरी केरमेट गरेको अवस्थामा एक थान पेस्तोल, पेस्तोलभित्र भएको एक थान म्याग्जिन गोली, त्यसैमा लाग्ने ७.६५ लेखिएको गोली १३ राउन्ड समेत प्रक्राउ गरेसंगै प्रक्राउ परेका राउत ठूलै गिरोह भएको प्रहरीले आंशंका गरेको छ । खोजतलासका क्रममा प्रहरीले उनको डेराबाट लागू औषध डाइलेक्स १सय एमएलको २ सय २५ बातल, न्युट्रोसन १० लेखिएको ६४ फायल ६ सय ३० ट्याब्लेट, स्पामा पो्िक्सभन प्लस ५ सय ३९ फायल १२ हजार ९ सय ४४ क्याप्सुल खैरँे हिरोइन ७ ग्राम र तौल गर्ने डिजिटल मेसिन १ थान नगद ११ हजार ३ सय ३० समेत प्रहरीले बरामद गरेको छ ।

उनको साथबाट द्यच् छण् प् द्धण्छढ लेखिएको भारतीय माटरसाइकलको नम्बर प्लेट समेत बरामद भएकोले भारतीय व्यापारीसग समेत सांठगाठ भएको हुन सक्ने आशंका प्रहरील गरेको छ । प्रहरीले उनको साथबाट उनकै नागरिकता एक थान, धरान काठमाण्डौको एक टिकट, हुवाई कम्पनीको ट्याव एक थान, सामसुङ मोवाइल एक थान समेत बरामद गरेको छ । प्रहरीले लागू औषध तथा हातहतियारमा मुद्ध चलाई अनुसधान्न समेत थालिएको बताउदै राउतसंग ठूलै गिरोह हुन सक्न अनुमान प्रहरीले गरको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताउनुभयो ।

यस भन्दा अगाडि पनि धरान प्रहरीले साउन १२ गते धरान ११ र १५ बाट दुईवटा पेस्तोल, म्याग्जिन १ र हतियारमा लागने गोली राउन २६ सहित खैरो हिरोइन, डाइलेक्स डिसी लागू औषधसहित तीन जनालाई प्रक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ । हतियार र लागू औषध एकै प्रयोग गर्ने गिरोह बढ्दै गएकोप्रति प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी न्यौपानले बताउनुभयो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

आइपास नेपालद्वारा प्रदेशका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

धरान स्थित बीपी प्रतिष्ठानबाट १८ काेराेना संक्रमित निको भएर घर फर्के

धरानमा एक यूवकद्वारा ब्लेडले आफ्नै घाटी रेटेर आत्महत्या प्रयास

बीपी प्रतिष्ठानको लापारबाहीको पराकाष्ठा : झापा कचनकवजका २७ काेराेना संक्रमितलाई प्रतिष्ठानले भर्ना लिन मानेन, संक्रमित रातभर गेट बाहिरै

धरान स्थित विजयपुरमा झडप हुदा तीन जना घाइते

धरानमा १५ बर्षीय नाबालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको आरोपमा ठटाल प्रक्राउ

धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै

धरानमा लुकाई राखेको हतियार सहित एक प्रक्राउ

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भेडेटारमा कडाइ

धरानमा यसरी मनाइयाे २५६४ औ बुद्ध जयन्ती

तपाईको प्रतिक्रिया

Loading…