धरानमा लागूअाैषध काराेबारी बढ्दै

धरान / धरानमा लागू औषधको कारोबारी बढेको पाइएको छ । प्रहरीले १२ दिनको अवधिमा ११ जनालाई विभिन्न प्रकारका ठूलो परिणामका लागू औषध सहित प्रक्राउ गरेको छ । धरान प्रहरीले धरानको विभिन्न स्थानबाट ११ जना लागू औषध कारोबारीसहित उनीहरुको साथमा रहेको १ सय ६ सेट टिटी जेसिक, ३ सय ४० थान नाइट्रोसन, ६४ थान स्पास्पो प्रोक्सोभन (एसपी) सहित ६ सय ७ ग्राम ब्राउन सुगर बरामद गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले जेष्ठ १५ गते धरान १३ का १३ का २० बर्षीय रविन साहलाई ५० थान लागू औषध, १७ गते धरान १का २५ बषीय विनय मगर र २० बर्षीय सौगात खवासलाई १ हजार १ सय सेट टिटी जेसिक, २२ गते धरान ३ का ३१ बर्षी सुरज साह र २४ बर्षीय सिद्धराज कार्कीबाट ४६ सेट टिटी जेसिक, २४ गते धरामपुर ६ का २६ बर्षीय अजय राईलाई ६ सय ७ग्राम ब्राउन सुगर र २५ गते को १ ह ९७९२ मा टेम्पो चालक धरान ११ का भविन तामाङ र धरान ६ पानबारीका सविन बस्नेतले टेम्पोको सिटमुनी लुकाई ल्याएको अवस्थामा ६४ थान स्पास्पो प्रोक्सिन । २ सय ४० थान नाइट्रोसनसहित धरानका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो ।

प्रक्राउ परेकाहरुलाई म्याद थप गरी लागू औषध कारोबार ऐन २०३३ अनुसार कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएपी पौडले जानकारी दिनुभयो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरान प्रज्ञा प्रतिष्ठानद्वारा बाल नाटक प्रतियोगिता अायाेजना

धनकुटाको नाम्जेमा ३ दिने खोजमूलक तथा जवाफदेहिता पत्रकारिता तालिम शुरु

धनकुटे रोड स्थित एक महिना अगाडि मात्रै उद्घाटन गरेकाे पुल भत्किने अवस्थामा, लापारबाही गर्ने ठेकेदार कम्पनीलाई कारबाहीकाे माग

बराहज्वेलरीको २४औं बार्षिकोत्सवको अवसरमा सेवा विस्तार गर्ने यस्ताे याेजना

जोगबनीमा भारतीय नेतामाथि गोली प्रहार (तस्विरहरू सहित)

गणतन्त्र दिवसका अवसरमा एकताको भाव झल्काउन फुटबल प्रतियोगिता

गर्मीका कारण बीपी प्रतिष्ठानमा बिरामीको संख्या बृद्धि

धरान तथा भेडेटारमा फस्टाउँदै यौन-व्यवसाय

धरानमा लागूअाैषध काराेबारी बढ्दै

बन्द अवस्थामा रहेको पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टर चाडै सञ्चालनमा आउने

तपाईको प्रतिक्रिया