धरानमा लकडाउन उल्लंघन गर्ने १ सय ५९ जना प्रक्राउ

धरान / लक डाउनको उल्लंघन गर्ने १ सय ५९ जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा पुरुष १ सय ४४ र महिला १५ जना रहेका छन् । यस्तै प्रहरीले चेकजाचका क्रममा विभिन्न सवारी साधन समेत बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार लक डाउनको दोस्रो दिन धरानका विभिन्न स्थानबाट मोटर साइकल र स्कुटर ४३, टेम्पो ८ ट्रक १ र साइकल ३ वटा समेत बरामद गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणलाई ्रोक्न मंगलबारदेखि नेपाल सरकारले लगाएको लकडाउनका क्रममा धेरै जसो धरान ९ मा रहेको सुविधा ग्यासको डिलरबाट प्रहरीले प्रक्राउ गरेको थियो । सो डिलरमा २ सय ५० सिलिण्डर ग्यास आएपछि ग्यास सञ्चालकले प्रहरीसंग समन्वय नगरी आफू खुशी वितरण गर्ने क्रममा अपुग भएपछि सञ्चालकमाथि हातपात गर्ने प्रयास गर्ने क्रममा प्रहरीले सर्वसाधारणलाई नियन्त्रणमा लिएको थियो ।

अत्यावश्यक औषधी बाहेक अन्य खाद्यान्न लगायतका सामाग्री वितरण गर्दा उपमहानगरपालिका र प्रहरीको साथमा गर्नुपर्ने भएपनि सञ्चालकले समन्वय नगरी वितरण गरेपछि त्यहा झडपको अवस्था आएको थियो । प्रक्राउ परेका मानिस र सवारी साधनलाई सम्झाई बुझाई छाडिदिने र पुनः त्यस्तो भेटिए कारबाही अगाडि बढाइने डिएसपी न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…