धरानमा रोकिएन वडाध्यक्षका छोराको गुण्डागर्दी !

धरान । केही साताअघि समाजमा होहल्ला गर्दै असमाजिक कार्य गर्ने धरान ११ वडा अध्यक्ष बाबुलाल लामाको जेठा छोरा सुरज लामालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई कारबाही गरेको घटना नसेलाउँदै फेरी उनका माईला छोरा पनि गुण्डागर्दीको आरोपमा पक्राउ परेका छन ।

लामाकै माइला छोरा २२ बर्षीय सुनिल लामा र उनका सहयोगी २२ बर्षीय हेमन्त भनिने निरज प्रधानलाई धरान प्रहरीले प्रक्राउ गरी कारबाही अगाडि बढाएको छ । असार २९ गते अपरान्ह ३ बजे लामा र प्रधानले धरान १७ सिग्मीचौक नजिकको चउरीमा हावा खादै गरेको अवस्थामा एक युवालाई बाँसको भाटाले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

पीडितले दिएको उजुरीको आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले प्रक्राउ गरी कारबाही अगाडि बढाइएको डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । उनीहरुलाई आवश्यक कानुन बमोजिम कारबाही अगाडि बढाइएको समेत डिएसपी पौडेलले जानकारी दिएका छन । याे पनि पढ्नुहाेस्

धरानमा आतंक मच्चाएको आरोपमा वडा अध्यक्षका छोरा प्रक्राउ

Purbeli TV

तपाईको प्रतिक्रिया