धरानमा बिहान ९ देखि २ बजेसम्म बजार खुल्ने

सुनसरी / धरान बजार बिहान ९ देखि २ बजे सम्म खोलिने भएकाे छ । सुनसरी उद्योग वाणिज्य सङ्घको पहलमा बसेकाे बैठकले ज्येष्ठ २५ गते आइतबारबाट बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म बजार खोलिने भएको हाे । बैठकमा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, धरान उपमहानगरपालिकाबाट लकडाउन व्यवस्थापन सम्बन्धमा गठित प्रतिवेदन समितिका संयोजक मनोजकुमार मेन्याङ्गवो, समितिका सदस्य प्रा. डा. राजेन्द्र शर्मा, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटा, निवर्तमान अध्यक्ष राजेन्द्र शाह लगायतहरूकाे उपस्थिती रहेकाे थियाे ।

बैठकबाट वश्यक सुरक्षाका मापदण्डहरू पुरा गरी दूध दही, माछा मासु, तरकारी, खाद्यान्नका पसलहरू बिहान ६ देखि १० बजेसम्म खोलिने तथा अन्य व्यावसायिक कारोबारहरू बिहान ९ देखि २ बजेसम्म खोल्न सकिने निर्णय गरेकाे हो ।

त्यस्तै जिम, सिनेमा हल, ब्युटी पार्लर तथा सैलुन, होटेल, रेस्टुरेन्ट, दोहोरी लगायतका धेरै मानिस जमघट हुनेप्रकितिका व्यवसायहरू अर्को निर्णय नहुन्जेलसम्मका लागि नखोलिने निर्णय भएकोसमितिका संयोजक मनोजकुमार मेन्याङ्गवोले बताए ।

तपाईको प्रतिक्रिया

Loading…