‘धरानमा पुन: लकडाउन’

धरान / धरानमा विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको छ । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेल, जिल्ला प्रहरी कार्यालय धरानका प्रमुख कमल थापा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पपताल निर्देशक प्रा.डा. गौरीशंकर रौनियार, नेपाली सेनाका प्रतिनिधि, राष्ट्रिय अनुसन्धा कार्यालयका प्रतिनिधि लगायतको संयुक्त छलफलले अत्यावश्यक बहेका व्यवसायहरू बन्द गर्ने निर्णय गरेकाे हाे ।

समुदायमा कोरोना संक्रमित देखिन थालेपछि सम्बन्धित पक्ष गम्भीर बनेका छन् । धरान उपमहानगरपालिका वडा नं. १४ का स्थायी बसोबास गर्ने प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी एक प्रहरी जवान, धरान १३ का २८ बर्षीय एक युवा तथा धरान ११ मा समेत एकजनामा कोरोना संक्रमण भएको पाइएपछि कोरोना संक्रमण नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको समन्वयमा प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, राजनीतिक दलबीच छलफल भएको थियो ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई  लगायतको संयुक्त छलफल हुदै ।

बैठकमा सहभागि धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले कोरोना संक्रमण समुदायमा फैलिन थालेसंगै यो निर्णय गरिएको बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले कोरोना संक्रमण जोखिमलाई न्यूनिकरण गर्दै शव व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने कुरा छलफलका क्रममा उठाउन’ भएको थियो । यता नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले कोरोना संक्रमितको चाडो उपचार र मृत्यु भएकाको शव व्यवस्थापनमा प्रदेश सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

छलफलमा धरान छिर्ने सम्पूर्ण नाकामा कडाई गर्नेदेखि लिएर व्यवसायिक फर्महरुमा बढी भिडभाड हुन नदिने वातावरण तयार पारिने निर्णय भएको थियो । छलफलमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापा, स्थानीय राजनीतिक दलका नेता, राष्ट्रिय अनुसन्धान कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया