धरानमा काेराेना संक्रमितकाे संख्या बढ्दो

धरान / धरानमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिन क्रम बढ्दो छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञासंगै धरान उपमहानगरपालिाले लकडाउन गरे पनि संक्रमितका संंख्या दिन प्रतिदिन थपिदै गएको छ । धरानमा आज मात्र थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो स“गै धरानमा संक्रमितहरुको संख्या ५५ पुगेको छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशखा प्रमुख उमेश मेहताका कोरोना संक्रमित मध्ये ४ जना भारतीय सेनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुमध्ये ३ जना एन्फा क्वारेन्टाइन र एक जना धरान ८ को एक होटलमा रहेको महाशखा प्रमुख मेहताले जानकारी दिए । यस्तै धरान १३ का दुई जनामा पनि कोरोना संक्रमण भएको पाइएको छ । केही समय अगाडि उनीहरुलाई ा एन्फा क्वारेन्टाइनमा राखिएको थियो । स्वाव टेष्टमा दुवै जनाको नेगेटिव आए पनि पुन ः टेष्ट गर्दा पोजेटिभ देखिएको हो । यी बाहेक समुदाय स्तरमै भने ३ जनामा पोजेटिभ देखिएको महाशखा प्रमुख मेहताले जानकारी दिए । समुदायमै कारोना संक्रमण देखिएकामध्ये धरान १० का २० बर्षीय र १६ बर्षका दुई युवती, धरान १९ का ४० बर्षका पुरुष रहेका छन् । उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खोजी भइरहेको मेहताले बताए ।

तपाईको प्रतिक्रिया