धरानमा काङ्ग्रेस र नेकपाका मेयरका प्रत्यासीविच जम्का भेट

सुनसरी । सुनसरीको धरानमा नेकपाका तर्फबाट मेयरका उम्मेदवार प्रकाश राई ६ नं वडामा जनताको घरदैलोमा पुगेर भोट माग्दैं गर्दा नेपाली काङ्ग्रेसका उम्मेद्वार तिलक राई पनि सोही क्षेत्रमा भेटिएका थिए । उम्मेद्वार प्रकाश र तिलकविच जम्का भेट भएको थियो ।

एक अर्का मिलेर धरानलाई सम्वृद्ध बनाउने सोच लिएका प्रकाश र तिलकले सौहाद्धपूर्ण अङ्कमाल गरि एक आपसमा जितको शुभकामना साटासाट गरेर राजनीतिक संस्कारको नमुना उजागार गरेका छन् । उनीहरुले अंकमाल गरेको तस्विर समाजिक सञ्जालमा सार्बजनिक भएपछि धेरैले राजनीतिक संस्कारको परिभाषा समेत दिएका छन । यो फोटोले अहिले बजारमा चर्चा समेत पाएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…