धरानमा एटिएम तोडफोड गर्ने पक्राउ

धरान / सुनसरीमा एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा कोशी गाउँपालिका-३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको भन्ने सो बैंकबाट प्राप्त हुन आएको जानकारी अनुसार सिसीटिभी फुटेज संकलन गरी उक्त व्यक्तिको खोजी गर्ने क्रममा सो कार्यमा संलग्न सुभानलाई धरान उपमहानगरपालिका-१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया